२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भालु र पोथी ब्वाँसोबीचको मित्रता



अ+ अ-

मानव जीवन विभिन्न भावनाले भरिएको हुन्छ। जनावरहरूको जीवन पनि त्यस्तै हो। उनीहरुको पनि साथी हुन्छन्, दुश्मनी पनि हुन्छ । उनीहरु माया पनि गर्छन् । यस्ता धेरै कथाहरू छन् जुन जङ्गललाई चिन्नेहरुले सुनाउन सक्छन्। यस्तै एउटा कथा भालु र ब्वाँसोको छ । दुवैको मित्रता गहिरो थियो, दुवै सँगै शिकार खेल्न जान्थे, धेरै पटक सँगै खेल्दा पनि देखिएका थिए ।

फिनल्याण्डकी फोटोग्राफर लस्सी राउटियानेनले यी दुईको कथा संसारसामु राखेकी छन् । लेसीले ब्वाँसो र खैरो भालु दुवैलाई धेरै पटक सँगै शिकार गरेको देखेको बताइन्।

शिकार पनि साझा गर्थे

यति मात्र होइन, यी दुई शिकारीबीचको मित्रता यति गहिरो थियो । दुवैले आफ्नो शिकार पनि बाँड्ने गर्थे । यस्ता कथा जङ्गलमा विरलै पाइन्छ । विशेषगरी ब्वाँसो र भालु एकअर्काका शत्रु हुन्। जब भालुले आफ्नो शिकार खान्छ, धेरै ब्वाँसाहरूले उसको शिकार खोस्ने प्रयास गर्छन्।

दुवै एक्लो थिए

समाचारअनुसार लेसीले उनीहरुसँगै बस्नुको कारण उनीहरुको एक्लोपन रहेको बताएकी थिइन् । दुवैजना एकदमै एक्लो थिए । जसका कारण दुवै सँगै देखिएका थिए । यी तस्विरहरू लेसीले सन् २०१३ मा खिचेकी थिइन् ।

१० दिन सँगै देखिए

लेसीले यी दुईको १० दिनको सुन्दर मित्रता देखिन् । उनीहरु साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सँगै देखिएका थिए । यस क्रममा लेसीले उनीहरुको कथा कैद गर्न धेरै पटक उनको पछि लागिन् र तिनीहरुको तस्बिरहरू संसारसँग साझा गरिन् ।

दुवै सँगै खेल्थे

यहाँसम्म कि दुवै पटकपटक सँगै खेल्थे । यस्तो कथाले के भन्छ भने जनावरले पनि मित्रता गर्छ, हेर्ने र क्यामेरा देखाउने मान्छे मात्र हुनुपर्छ ।