काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र राष्ट्रियसभामा दलको प्रमुख सचेतक चयन गरेको छ ।
आज बसेको दलको बैठकले प्रतिनिधिसभाको प्रमुख सचेतकमा सासंद जीवनराम श्रेष्ठ र राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको हो ।
संसदमा पहिलो र दोस्रो दलले मात्र सचेतकको सुविधा पाउने भएकाले सचेतक चयन नगरिएको प्रमुख सचेतक श्रेष्ठले न्यूजपोलारलाई जानकारी दिनुभयो ।
श्रेष्ठले भन्नुभयो, संसदमा एकीकृत समाजवादीको भूमिकालाई थप प्रभावकारी बनाउन क्रियाशिल हुन्छौँ ।