

कृषि विकास बैंकको बैंङ्किङ ससिट्म ह्याक गरी डेढ करोड रूपैयाँ लुटिएको खुलेको छ । प्रहरीले शङ्कास्पद केही व्यक्तिहरुलाई आफ्नो हिरासतमा लिईसकेको छ ।
बैंङ्किङ ससिट्म ह्याक गर्ने ह्याकर नेपाली नै भएको प्रहरीले अनुमान गरेको छ । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख रुपैयाँ निकालिएको बुझिएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सिस्टम हृयाक गरेर रकम निकालिएको पुष्टि गरेका छन् ।
‘कृषि विकास बैंकमा भने विशुद्ध नयाँ शैलीको अपराध छ,’ प्रवक्ता निरौलाले भने, ‘यस विषयमा अनुसन्धान भइरहेको छ ।’थप विवरण आउन बाँकी