२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ग्लोबल आईएमई बैंक ४०.५५ प्रतिशत नाफा बृद्धिमा, ३ महिनामा ७५ करोड ३१ लाख



अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ग्लोबल आईएमई बैंकले नाफा ४०.५५ प्रतिशतले बढाएको छ । चालु आर्थिक वर्षको असोजसम्म बैंकले ७५ करोड ३१ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशको वित्तीय विवरणमा बैंकले नाफा २१ करोड ७२ लाख रुपैयाँ बढेको जानकारी दिएको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ३ महिनाको नाफाबाट बैंकले सेयरधनीलाई २८ करोड ११ लाख रुपैयाँ नाफा वितरण गर्न सक्नेछ । अघिल्लो वर्ष बैंकको निष्क्रिय कर्जा १.०५ प्रतिशत थियो भने यस वर्ष बैंकको निष्क्रिय कर्जा घटेर ०.८५ प्रतिशतमा झरेको छ ।

निक्षेप लागत घटेर ७.१३, सीसीडी रेसियो ७८.२६, आधारदर घटेर ९.४४ र स्प्रेडदर ४।९ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा छ । यस्तै प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १८ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप गत वर्षको भन्दा झण्डै ८ अर्ब रुपैयाँ बढेको हो । समीक्षा अवधिमा निक्षेप र कर्जा वृद्धि हुनुका साथै तरलताको अवस्था पनि सहज रहेको बैंकले जनाएको छ ।