१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बिचौलियाको नाममा ललितानिवासको २३ रोपनी जग्गा



अ+ अ-

बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा लैजान बिचौलियाको भूमिका खेल्ने रामकुमार सुवेदी र उनको परिवारको नाममा २३ रोपनी जग्गा भेटिएको छ । सो जग्गा खरिदमा सुवेदी परिवारको आर्थिक स्रोतको प्रहरीले खोजी सुरु गरेको छ । बिचौलिया सुवेदी र उनकी श्रीमती माधवीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । ‘त्यतिवेला पनि २३ रोपनी जग्गाको मूल्य करिब एक अर्ब देखिन्छ,’ सिआइबी स्रोतले भन्यो, ‘त्यो पैसा लगानी गर्ने हैसियत उनको छैन, केही नेताहरूले उनको नाममा जग्गा राखेको सूचनाका आधारमा छानबिन सुरु भएको हो ।’ 

ललितानिवास परिसरको जग्गा हिनामिनासम्बन्धी प्रकरणमा सिआइबीले किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । जसमा संलग्न मुख्य बिचौलिया सुवेदी र शोभाकान्त ढकालसँग प्रहरीले बयान लिइरहेको छ । सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो भने ढकाल सोहीसम्बन्धी भ्रष्टाचार मुद्दामा थुनामा रहेकामा कारागारबाट झिकाएर अनुसन्धान थालेको हो । ‘दुवै बिचौलियाको उच्च राजनीतिक कनेक्सन देखिन्छ,’ स्रोत भन्छ, ‘त्यो कनेक्सन खोज्ने प्रयास गरेका छौँ ।’ कर्मचारी मात्र होइन, मन्त्रिपरिषद्लाई समेत प्रभावमा पारी उनीहरूले आफूअनुकूल निर्णय गराएका थिए । त्यसबापत विभिन्न नेताहरूलाई जग्गा नै घुस दिएको सूचना सिआइबीको छ ।

उच्चपदस्थलाई मुद्दा नचलाउन सिआइबीमाथि सरकारकै दबाब
बालुवाटार जग्गा हिनामिना प्रकरणमा उच्चपदस्थलाई मुद्दा नचलाउन सिआइबीमाथि सरकारकै दबाब छ । यो मुद्दाका अनुसन्धान गर्न सिआइबीमाथि करिब दुई साताको मात्र समय बाँकी छ । हदम्यादसम्बन्धी प्रावधानका कारण २७ पुसभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । सिआइबीको यसअघिको अनुसन्धानमा करिब चार सयजनाको संलग्नता देखिएपछि हालसम्म दुईजनालाई मात्र सिआइबीले पक्राउ गरेको छ । दुईजना पक्राउ परेसँगै अन्यलाई भाग्न सहज भएको छ । जसकारण मुद्दा कमजोर बन्ने सम्भावना देखिएको स्रोत बताउँछ ।

सिआइबीले चारवटा मुद्दा चलाउने तयारी गरेको छ । चारवटै मुद्दामा बिचौलियाद्वय सुवेदी र ढकालको संलग्नता देखिएको छ । किर्ते कागज बनाउन संलग्नविरुद्ध मात्र मुद्दा चलाएर उच्चपदस्थलाई जोगाउने गरी अभियोजन हुने सम्भावना देखिएको स्रोत बताउँछ । चारपटक गरेर बालुवाटारको एक सय ४२ रोपनी जग्गा हिनामिना भएको थियो । जुन जग्गा अझै सरकारको नाममा आउन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वर्षअघि नै यस प्रकरणमा मुद्दा दायर गरिसकेको छ । 

(नयाँपत्रिका दैनिकमा समाचार छ)