
काठमाडौं । निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले वृद्धि भएको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ४०० तोकेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ७४ हजार र तेजाबी सुन प्रतितोला रु ७३ हजार ७०० मा खरिदबिक्री भएको थियो । गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।
सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु ८८५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ ।