१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

माघ ९ कृष्ण चतुर्दशी, यी राशिहुनेहरुको भाग्य चम्किदै, आजको राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला । सन्तान सुखपनि मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): दबाब र तनाव बढेको महसुस हुनेछ । विरोधीहरूले काममा तगारो हाल्ने प्रयास गर्नसक्छन् । सकेसम्म कम बोल्ने र आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । एक–अर्काको भावना बुझेर काम गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ । हाम्रो पात्रो