शरीरको कुनै पनि अंगमा हुने कोशिकाहरुको अनियन्त्रित वृद्धि नै क्यान्सरको प्रमुख कारण रहेको चिकित्सकहरु बताउदै आएका छन् । शरीरको आवश्यकता अनुसार यी कोशिकाहरु विभाजित हुन्छन, तर जब यीनीहरु लगातार वृद्धि हुन्छन्, तब क्यान्सरको रुप लिन्छन् । कोशिकाहरुमा हुने लगातार वृद्धिहरु एकत्रित भएर गाँठोको रुप लिन्छ, जसलाई क्यान्सर ट्यूमर भनिन्छ । यस प्रकार स्तन कोशिकाहरुमा हुने अनियन्त्रित वृद्धिलाई नै स्तन क्यान्सरको नाम दिईन्छ ।
स्तन क्यान्सर हुँदा पहिलो र दोस्रो चरणमा नै यसको बारेमा थाहा भयो भने सही समयमा यसको उपचार सम्भव हुन सक्छ । तर ढिला भए निकै गाह्रो हुन्छ । महिलाहरुमा हुने स्तन क्यान्सरले वर्षेनी कयौं महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरका निम्न लिखित कारणहरु हुन्छ्नः
- बच्चा नजन्मनाका कारण ।
- उमेर भैसके पछि बच्चा जन्मनु ।
- स्तनपान नगराउनु ।
- वजनमा अत्याधिक वद्धि ।
- धेरै मदिरा सेवन गर्नाले ।
- नराम्रो र अनियन्त्रित जीवनशैली स्तन क्यान्सरको प्रमुख कारण हो ।
- यसबाहेक अनुवांशिक रुपमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।
स्तन क्यान्सरको लक्षण
- स्तनको आकारमा परिर्वतन महसुस हुनु
- स्तनको तल्लो भाग छाम्दा गाठो भएको महसुस हुनु ।
- स्तन थिच्दा दुख्नु ।
- कुनै तरल अथवा चिप्लो कुरा स्तनबाट बहनु ।
- निप्पलको अग्रभाग मोडिनु एवं रातो रंगको हुनु ।
- स्तन सुनिनु ।
स्तन क्यान्सरलाई रोक्ने उपाय
- सूर्यको तेजिलो किरणको प्रभावबाट बच्ने ।
- नुनको अत्याधिक सेवन नगर्ने ।
- रातो मासुको सेवन धेरै नगर्ने ।
- धेरै मदिरा सेवन र धुम्रपान नगर्ने ।
- गर्भ निरोधक औषधि नियमित सेवन गर्नु अगाडि चिकित्सकीय परामर्श लिने ।
- एक्सरसाइज र योगा नियमित रुपमा गर्नु पर्छ ।
महिलाहरुले यस किसिमको भयानक रोगबाट बच्न नियमित रुपमा स्तन क्यान्सरको जाँच गराइराख्नु पर्छ । महिलाहरु आफ्नो स्तन परीक्षण, मेमोग्राफीले गराउन सक्छन् । यसको उपयोग रोगको पहिचान गर्न र त्यसलाइ पत्ता लगाउने उपकरणको रुपमा गरिन्छ । मेमोग्राफीको लक्ष्य स्तन क्यान्सरको शुरुवाती तौरमा नै पत्ता लगाउनु हो ।