१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बिनापुर्जी रुख धमाधम रुख फँडानी



अ+ अ-

जाजरकोट । राष्ट्रिय वन ५८ र सामुदायिक वन ३६ प्रतिशत रहेको जाजरकोटमा बिनापुर्जी रुख काट्ने क्रम जारी छ । जाजरकोटमा २८४ वटा सामुदायिक वन समूह छन् । सोभन्दा बाँकी सबै राष्ट्रिय वन रहेको छ । गाउँ, गाउँका सामुदायिक वनका समूहसँग मिलेर आधुनिक मेशिन प्रयोगबाट रुख काटेर बिक्री गर्ने क्रम बढेको छ । सामुदायिक वन समूहको भेला तथा बैठकबाट अनुमति लिई सो निर्णय डिभिजन वन कार्यालयमा पेश गरी डिभिजन वन र समूहको निर्णयबाट संयुक्त टाँचा लगाएर उपयुक्त मानिएको रुख काट्न पाउने नियम भएपछि यहाँ रुख काट्ने कार्य चलिरहेको छ ।

अधिकांश स्थानीयवासी सामुदायिक वन समूहसँग पुर्जी लिएर रुख काट्दै गरेको पाइएको छ । आइतबार मात्र कुशे गाउँपालिकाबाट डिभिजन वन कार्यालयले १२ काठ तस्करलाई पक्राउ गरी सदरमुकाम ल्याएको छ । स्थानीय तहको व्यवस्थाका कारण झन सामुदायिक वन समस्यमा परेको छ । अनुमतिबिना जथाभाबी रुख काट्नेलाई कुनै पनि हालतमा नछाडिने डिभिजन वन जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । वन कार्यालय मातहातका कर्मचारी सदरमुकाम बस्दै आएका छन् ।

गाउँमा वन्यजन्तु चोरी निकासी, काठ फडानी धेरै भए पनि कर्मचारी स्थानीय तहबाट सदरमुकाम आई व्यक्तिगत काममा व्यस्त हुने गरेको पाइएको छ । गाउँगाउँमा सामुदायिक वन तथा राष्ट्रिय वनमा चोरी, निकासी भए पनि कर्मचारी भने फिल्डमा नखटिदा समस्या बढेको गुनासो छ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा काम गर्न समस्यामा परेको र स्थलगत खटिए पनि काठ तस्करसँगै मिल्ने हो कि भन्ने आशङ्का उब्जेको स्थानीयवासीको आरोप छ ।