१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुनकाे भाउ घट्याे



अ+ अ-

काठमाण्डौ । सुनको भाउ बुधाबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घटेको हो ।

सुन मङ्गलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको हो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढेपछि पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ महँगो भएको महासङ्घले जनाएको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।