१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मानिसहरु किन मरिहत्ते गर्छन यौन सम्पर्क भने पछि ! यस्तो छ रोचक तथ्य



अ+ अ-

काठमाडौं । संसारमा सबै भन्दा धेरै आकर्षण यौनिकतामा हुन्छ । त्यसले यौनसम्पर्कका लागि आसक्त बनाउँछ । यौन आकर्षणको आयामहरु समाज र व्यक्ति अनुसार फरक परेको हुनसक्दछ । तर पनि सबै किसिमका यौन आकर्षणका शैलीहरुको केन्द्रीय पक्ष भनेको यौनसम्पर्क हो । यौनसम्पर्क नै संसारको सधैभरी सबैलाई सबै भन्दा आनन्द प्राप्त गर्ने काम हो । यौनसम्र्कयौन मानव मात्र नभएर प्राणी जगतका लागि आनन्दमय हुन्छ । किनकि सन्तान बृद्धिका लागि प्रकृतिले नै त्यस्तै गरी जीव जगतलाई सृटि गरिदिएको हुन्छ ।

मानव जीवनका प्राथमिक आवश्यकता खानु, पिउनु, निदाउनु जत्तिकै महत्वपूर्ण कार्यभित्र यौन तथा प्रजनन व्यवहार पनि पर्दछ । खाना खानु भनेको बाँच्नका लागि हो । तर, प्राणीको लागि खानुको उद्देश्य मिठो (स्वाद) र आत्मा सन्तुष्टि पनि हो भने जस्तै यौन सम्पर्क पनि मानिसको सवालम भने सन्तान उत्पादनका लागि नै भनेर सधै गरिने होइन धेरैको लागि त आनन्द र आत्मा सन्तुष्टि नै हो । किनकि प्रकृतिले चरम आनन्द आवस भनेर यौनाङ्गहरुलाई विशेष तन्तुहरुले बनाइ दिएको हुन्छ ।

मर्यादित (विना यौन शोषण), जवाफदेही र सुरक्षित यौनसम्पर्क हुनु पर्दछ । र सबै भन्दा महत्वपूर्ण कुरा यौन जोडी दुबै जना मानसिक रुपमा तयारी र मञ्जुर हुनु आवश्यक छ । यस्तो हुने अवस्थामा यौन सम्पर्क सन्तान उत्पादनका लागि मात्रै गरिदैन । आनन्द प्राप्तीका सथै यसका अरु पनि फइदाहरु हुने यस क्षेत्रमा विगत बर्षौ देखि विभिन्न प्रशंगमा विभिन्न विज्ञहरुले उल्लेख गरेका छन । मर्यादित र सुरक्षित यौन सम्पर्कले सबै भन्दा मुख्या कुरा त तनाव कम गराउँने कुरामा सबै विज्ञहरुको एक मत पाइन्छ । यसका अलावा यौन स्वास्थ्य विज्ञानमा यौन सम्पर्कका केहि फाइदाहरु निम्न अनुसारका भएको उल्लेख गरिएको पाइन्छ । हप्तामा कमसेकम एक–दुइपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिनको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ । किनकि ३० मिनेटको यौनक्रियाले ८५ क्यालोरी वा सो भन्दा बढि क्यालोरी जलाउँछ । तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसा हृदयघातको संम्भावना कम देखिन्छ । यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ । अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।

अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ । यौन सम्पर्कले महिलाको पेल्भिक९उभखिष्अ० मांशपेशीहरुलाइ पनि बलियो बनाउँदछ । यौन सम्पर्कले मानिसमा राम्रो निद्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फुर्त हुन्छ । माथि उल्लेखित बुँदाहरु यौनसम्पर्क गर्नका लागि प्रेरित गराउँने उद्देश्यले उल्लेख गरिएको भने होइन । यौनसम्पर्क नगर्ने मानिस चाहिँ रोगी हुने अर्थ पनि यसको होइन । यौनसम्पर्क कहिले गर्ने, गर्ने वा नगर्ने, कोसँग गर्ने आदि कुरा व्यक्तिको अधिकार र निर्णयको कुरा हो । विवाहित दमपतीको लागि बढी केन्द्रित गरिएको मात्र हो ।

यसको अर्थ विवाह नगर्नेले यौन सम्पर्क गर्नै नहुने पनि होइन । यौन सम्पर्कको अर्थ महिला र पुरुष बीच हुने मात्र पनि होइन । किनकि समलिङ्गीय यौन सम्बन्ध राख्ने मानिसहरु पनि धेरै छन् । त्यस्तै बैकल्पिक यौन सम्मर्कका विधिहरु पनि धेरै छन् । जस्तै यौनसम्पर्कका लगि प्रयोग हुने खेलौनाहरु (सेक्स टोएज), मुख मैथुन, हस्त मैथुन आदि । सबै भन्दा उपयुक्त बैकल्पिक यौनसम्पर्क भनेको हस्त मैथुन नै हो आफ्नै मर्जी भित्र पर्दछ ।