१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तपाईलाई थाहा छ, यसरी पनि फैलिन सक्छ कोरोना ?



अ+ अ-

काठमाडौं । कोरोना भाइरस कसरी फैलिन्छ, अनुसन्धान अझै जारी छ । शरीर भित्र प्रवेश गर्ने प्रमुख माध्यममा हात, मुख, नाक र आँखा हो भन्ने त करिब तय भइसकेको छ तर यसको स्रोत के के हुन सक्छ, यसमा नयाँ नयाँ तथ्य बाहिर आइरहेका छन् ।

हालै एक अध्ययनले पा’दबाट पनि कोरोना भाइरस फैलिन सक्ने देखाएको छ । यद्यपी यसलाई लिएर केही विज्ञहरु त्यति चिन्तित देखिएका छैनन् र यसतो पनि हुन सक्छ भन्नेमा धेरैले आशंका रहेको छ । तर सामाजिक सन्जालमा भने ब्यापक चर्चा पाइरहेको कोरोनाको यो स्वभावको सम्भावनालाई अस्विकार गर्न पनि नसकिने स्थिति छ । यो सम्पुर्ण चर्चाको शुरु अष्ट्रेलियाका एक डाक्टरको केही टिप्पणी सामाजिक सन्जालमा आएपछि भएको हो ।

अष्ट्रेलियकाका डाक्टर एन्डी ट्यागले गरेका केही परिक्षणमा कोरोना भाइरसका ५५ प्रतिशत विरामीको दिशामा उक्त भाइ’रस भेटिएको छ । चिकित्सकिय सोधमा पहिला पनि पादमा दिशाका ससाना अंश हुन सक्ने र यसको माध्यमबाट ब्याक्टेरिया फैलिन पनि सक्ने चेतावनी दिइसकेको छ । यद्यपी पादका माध्यमबाट कसरी भा’इरस फैलिन सक्छ , यसलाई लिएर थप अनुसन्धानको आवश्यक भएको उनले बताए ।

अर्को तर्फ विज्ञहरु यसको सम्भावना नभए सरह भएको बताउँछन् । यसतो हुने भनेको जब कसैले पाद गर्दा अर्को ब्यक्ती अत्यन्त नजिक हुनु पर्ने छ । बीचमा कुनै न कुनै कपडा हुनुले ड्रपलेट्स बाहिर फैलिनु लगभग असम्भव हो । यद्यपी दिशामा भा’इरस हुन सक्ने तथ्यलाई अस्विकार गर्न नसक्ने बताइएको छ । त्यसैले ट्वाइलेटको सफा सुघरमा अत्यन्त ध्यान दिन आवश्यक छ ।

कयौं संक्रमणमा केही विरामीमा सुरुमा पखाला लागेको र त्यसपछि मात्र कोरो’नाका अन्य लक्षण देखिएका छन् । त्यसकारण सावधान हुनु राम्रो हो ।

कोरानो भाइरस फैलिने सामान्य तरीका भनेको हाछ्युं गर्दा र खोकीबाट निस्कने ससाना थोपालाए नै मनिएको छ। मुख र नाकबाट निस्कने साना ती थोपाका माध्यमबाट भाइरस बाहिर आउन सक्छ । त्यसपछि कुनै ब्यक्तीसँगको सिधा सम्पर्कबाट पनि यो फैलिन सक्छ । संक्रमित हातबाट कुनै बस्तु छुँदा पनि भाइ’रस केही समय ती बस्तुमा रहन सक्छ र त्यहाँबाट अन्य ब्यक्ती त्यसको सम्पर्कमा आउन सक्छ ।