१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

लकडाउनको मोडेल फेर्ने कि ? डा. रवीन्द्र पाण्डे



अ+ अ-

सरकारले कार्यान्वयन गरेको लकडाउनको कारण नेपालमा कोरोना संक्रमण न्यून संख्यामा सिमित रहेको छ । लकडाउनलाई अझै परिणाममुखी बनाउनको लागि यसको मोडालिटी परिवर्तन गर्नु आबश्यक छ ।

– बिहान तथा बेलुका मान्छेको चहलपहल हुने, काम नपरे पनि घर बाहिर निस्किने तथा भित्री बस्तीमा भीडभाड हुने समय हो । तसर्थ दिउँसो १२-२ बजेसम्म स्थानीय पसल खोल्ने एबम बिहान र बेलुका कडा गर्दा लकडाउन बढी प्रभावकारी हुन्छ ।

– लकडाउन भनेको राज्यको निम्ति तयारी गर्ने ठूलो अवसर हो । यो समयमा अधिकभन्दा अधिक कोरोना परीक्षण गर्ने, शंकास्पद ठाउँ शिल गर्ने, सिमानामा स्थानीयवासीको सहयोग लिएर शंकास्पद ठाउँमा तारबार गर्ने, मेडिकल उपकरण तथा औषधिको आयात गरेर स्टक राख्ने, १ बर्ष पुगे खाध्य पदार्थ र औषधि स्टक राख्ने, हरेक नागरिकको डाटा राख्ने आदि अवसर हो । यसको पूर्ण सदुपयोग हुनु जरुरि छ ।

– छिमेकी देश भारतमा जुन/जुलाई महिना अर्थात् आषाढ र साउनमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने प्रक्षेपणको आधारमा तयारी भइरहेको देखिन्छ । तसर्थ बैशाख १५ गतेपछि १ महिना सेमी लकडाउन गर्नु उपयुक्त देखिन्छ । बैशाख १५ पछि हटस्पट शिल गर्ने, सुरक्षित ठाउँमा अत्याबश्यक सेवा चलाउने, मजदुर तथा निम्न आय समुदायलाई पुग्दो राहत दिने, कोरोना परिक्षण गरेर मजदुरलाई उद्योग तथा कारखानामा काम गर्न लगाउने (आबासिय ब्यबस्था सहित), स्कुल र क्याम्पस र रेस्टुरेन्ट र सार्वजनिक यातायात आदि नचलाउने, आन्तरिक उडान ठाउँ हेरेर तथा यात्रुलाई कोरोना संक्रमण जांच गरेर चलाउने, किसानलाई मल, बिउ लगायत उपलब्ध गराएर ‘उत्पादन अभियान’ चलाउने आदि गर्नु ब्यबहारिक हुन्छ । जुन बेला संक्रमण बढ्ने देखिन्छ, तुरुन्त पूर्ण लकडाउन गर्न सकिन्छ ।

– सिमाना पूर्ण शिल गर्ने तथा आन्तरिक नाका लक गरेर सिमित क्षेत्र संचालन गर्दा दैनिक काम गरेर खाने मान्छेलाई राहत मिल्नेछ, उद्योग सुचारु हुनेछन ।

– आगामी १/२ बर्षसम्म कोरोना संक्रमण केहि न केहि रुपमा विश्वमा रहिरहन्छ । खोपको ब्यापक प्रयोगपछि मात्र यो पूर्ण रुपमा नियन्त्रणमा आउँछ । तसर्थ त्यो बेलासम्म कोरोना संक्रमण नेगेटिभले काम गर्ने, पोजिटिभ आइसोलेसनमा बस्ने । जोखिम बर्ग होम क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गर्दै युवाबर्गले काम गर्ने जस्ता प्राक्टिस गर्नुपर्ने हुन्छ ।

– अहिले कोरोना संक्रमण सामान्य भएको समयमा समय, PPE/N ९५ मास्कर भाइजर र ग्लोभ्स आदि नाश नगर्ने । पछिको लागि जगेडा राख्ने । आइसीयुको क्षमता बढाउने, भेन्टिलेटरको संख्या अहिलेको १० गुणा बढाउने, आइसीयु तथा भेन्टिलेटर संचालन गर्ने तालिम दिलाउने, दात्रु राष्ट्रहरुबाट औषधि उपकरण तथा प्रबिधि प्रबन्ध गर्ने लगायत गर्न सकिन्छ ।

– कोरोना संक्रमणको मनोबैज्ञानिक असर कम गर्नको लागि परामर्श अभियान चलाउने । कोरोना संक्रमण लाग्दैमा मृत्यु हुन्छ भन्ने लगायतका भ्रम निवारण गर्ने, जनतालाई अधिकतम सुचित गराउने आदि गर्न सकिन्छ ।

– भ्रष्ट्राचारी, कमिसनखोर तथा कालोबजारीलाई आफ्नो र अर्को नभनि धमाधम कारबाही गर्ने । जसले गर्दा सरकारप्रति जनताको विश्वास बढ्दछ ।