१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सय किमि पैदल हिँडिन् १२ वर्षीया बालिका, घर आइपुग्न ११ किमि मात्रै बाँकी रहदा भयो मृत्यु



अ+ अ-

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न सरकारले लकडाउनको घोषणा गरेपछि मजदुर आ–आफ्ना घर फर्किरहेको खबर आइरहन्छन् ।

कोही सयौं किलोमिटर हिँडेर त कोही साइकलको सहारामा आफ्नो घर फर्किरहेका छन् । यद्यपि, शहरबाट गाउँ फर्कनु पहाड फोड्नु सरह गाह्रो छ । यस्ता घटना नेपाललगायत भारतमा पनि प्रशस्तै सुन्न र पढ्न पाइन्छ । भारतको एक यस्तै खबर यहाँ प्रकाशित छ ।

द इन्डियन एक्सप्रेसमा छापिएको एक रिपोर्ट अनुसार लकडाउनमा पैदल नै आफ्नो घर फर्किरहेकी १२ वर्षीया बालिकाको घर पुग्नु अगावै मृत्यु भएको छ ।

रिपोर्टका अनुसार १२ वर्षीया जमालो मडकाम करिब दुई महिना अघि तेलंगानामा खुर्सीनी खेतीमा काम गर्नका लागि आफन्तसाग पहिलो पक आफ्नो घरबाहिर निस्किएकी थिइन् । तर उनी जिउँदो फर्कन सकिन्न् । करिब सय किलोमिटर पैदल हिँडेपछि उनको मृत्यु भयो ।

पत्रिकाले अधिकारीलाई उद्धृत गर्दै उनीसँग अन्य १३ जना पनि भएको बताएको छ । १२ वर्षीया ती बालिका लगातार तीन दिनसम्म पैदल हिँडेको र १८ अप्रिलमा इलेक्ट्रोलाइट असन्तुलन र थकानका कारण उनको मृत्यु भएको बताएको छ । छत्तीसगढको बीजापुर जिल्लामा रहेको आफ्नो घरबाट ११ किलोमिटर टाढा उनको मृत्यु भएको हो ।

जरोम आफ्ना आमा–बुवाका एक्ला सन्तान थिए । राज्यका मुख्यमन्त्री भूपेश बघेलले पीडित परिवारका लागि एक लाख भारु दिने घोषणा गरेका छन् ।