सामुयल क्याप्छाकी
कोभिड–१९ (कोरोना भाइरस)ले विश्वभरी महामारीको रुप लिएपछि यतिबेला विश्व नै भयभित अवस्थाबाट गज्रिरहेको छ । आजको दिनसम्म आईपुग्दा २ लाख ६४ हजारभन्दा बढि मानिहरुले आफ्नो अमुल्य ज्यान समेत गुमाईसकेका छन् । सङ्क्रमितको सङ्ख्याले पनि दिनानुदिन उतिकै तिव्र गति लिइनै रहेको अवस्था छ । हाल विश्वभरी सङ्क्रमितको सङ्ख्या ३८ लाख १८ हजारभन्दा माथी रहेको छ । यो महामारीको अवस्थामा विश्वमा रहेका हरेक राष्ट्रहरुले ठुलो मात्रामा यस्को असर खेपिरहनु परेको छ । तुलानात्मक रुपमा भने केहि विकासोन्मुख राष्ट्रहरुले यस महामारीको असरलाई अलि बढि चासो देखाई यसको असरबाट बच्ने उपायहरु खेजिरहेको र बचेको पनि देखिएको छ । आज विश्वभरी मै अर्थतन्त्रको हिसाबले बलिया बलिया राष्ट्रहरुले महामारीका कारण अधिक मात्रामा आफ्ना अर्थतन्त्रमा असर पुर्याएको छ । आज तथ्याङ्क हेर्ने नै हो भने विकसित राष्ट्र अमेरिकाको वर्तमान अवस्थालाई नियाल्न सक्छौ । अमेरीकामा अहिले सबैभन्दा बढि १२ लाख ६३ हजारभन्दा बढि मानिसहरु सङक्रमित भईसकेको अवस्था छ । धन्य छ हाम्रो देश जहाँ तुलानात्मक रुपमा एकदमै कम यस महामारीबाट प्रभावित भएको छ । विकाशको गति तर्फ भर्खरै पाईला सार्दै गरेको मुलुकलाई यस्ता महामारीबाट कतिको असर पर्नसक्छ भन्ने कुरा हामी सबैले सजिलै अनुमान लगाउन सक्छौ ।
नेपालमा पनि हालसम्म ९९ सय जना सङ्क्रमितको सङ्ख्या पुगिसकेको छ । त्समध्ये २२ जनाले भने कोरोनालाई आफ्नो रोग प्रतिरोधात्मक शक्तिद्वारा जितिसकेका छन् भने हालसम्मलाई कसैले ज्यान गमाईसकेको अवस्था छैन् । तरैपनि अवस्था निकै नाजुक बन्दै गइरहेको हुनाले यतीबेला सबैले यसबाट बच्नलाई आवश्यक उपायहरु भने अपनाउनु पर्दछ । आज विश्व नै सङ्कटको घडिमा छ र यतिबेला हामी सबैले हातेमालो गर्दै यसको सामना गर्नुपर्ने पनि देखिन्छ । एउटा सिङ्गो राष्ट्रको निर्माण हुन चाहिने प्रमुख तत्व हो 'व्यक्ति' । किनभने व्क्ति/व्यक्ति पछि परिवार, परिवार/परिवारको समिश्रण एउटा समाज र अन्ततः समाज/समाज मिलेर नै एउटा सिङ्गो राष्ट्रको अमुर्त रुप निर्माण हुँदछ । त्यकारण आजको यो महामारीको घडिमा राष्ट्रियपक्षबाट भएका पहलहरु अवश्य नै प्रशंसायोग्य छन् । तर हाम्रो देश नेपाल र हामी नेपालीको अवस्था कस्तो छ भन्ने कुराहरुबाछ हामी सबै जानकार नै छौं । आज देशमा राष्ट्रिय संरचनाहरु निर्माण गर्न परेपनि हामीलाई छिमेकी राष्ट्रहरुको मुख ताक्नु पर्ने स्थिती छ । समाजमा "हुँने खाने" र "हुँदा खाने" वर्गहरु अझैपनि यथावत नै छौं । यहाँ अझैपनि रोजिरोटीको बारेमा नै दिनभरी सोचेर हिँड्नुपर्ने अवस्थाका मानिसहरु पनि छन् । पेट घटाउनका लागि दौडने पनि छौ / त्यँही, पेट भर्नको लागि दिनरात किसान मजदुरी गर्ने पनि छौं ।
अहिलेको परिपेक्षमा हाम्रो नेपाली समाजमा तुलानात्मक रुपमा महामारीको असर "हुँने खाने"लाई भन्दा "हुँदा खाने"लाई बढि नै परेको देखिन्छ । तर यस अवस्थामा आईपुग्दा कोरेना भाइरसको महामारीले हामी मानिसहरुमा हाम्रो धर्म चिनाईदिएको छ । आज मानव भएर धर्तिमा जन्मनुको अर्थ यस महामारीले पक्कैपनि हामीलाई अनुभुत गराइरहेको छ । एउटा फुलको धर्म के हो ? के त्यसले आफ्नो मिठो सुगन्ध छर्नु नै त्यसको धर्म हैन र ? हो । यसैगरी आज विश्वमा जब-जब यस्ता महामारीहरु आईपरेका छन् तब-तब मानिसहरुले आज आफु मानिस भएर जन्मनुकोे अर्थ र धर्म के हुन्छ ? भन्ने प्रश्नहरुको जवाफ पाउने गरेका छन् । आज देशमा महामारीको घडिमा मानिसहरु आफ्ना सहयोगी हातहरु लिएर निस्कन थालेका छन् । एउटाले अर्कोको मदत गर्न थालेका छन् । आज हामी मानिस भएर मानिसको ठुलो धर्म त एक अर्कालाई गार्हो अपठ्यारे पर्दा सहयोग गर्नु पो रैछ भन्ने बुझ्न थालेका छन् । हामी मानिसहरु आज संसारमा वास्तविक धर्मलाई बिर्सी धर्मको नाममा हिंसातर्फ लागिरहेका रैछौ । धर्मको नाममा काटमार र हिंसालाई बढावा दिदै थियौं । मानविय धर्मलाई त हामीले धेरै पछाडि पो छोडिसकेका रहेछौं । तर आज कोरोनाको प्रभावले विश्व नै आतङ्कित भईरहँदा भने हामिले आफ्नो मानव धर्म बुझन पाएका छौ । समाजमा अहिले यो अवस्थामा एकले अर्कालाई सहयोग गर्ने भावनाहरु बढेर गएको छ । आफ्नो छाकबाट थोरै निकालेर भएपनि नाजुक अवस्थामा परेकाहरुलाई दिन थालेका छौं । आज यस्ता सहयोगि ह्रदयी भएका मानिसहरु समाजमा धेरै नै छौ । गारो अपठ्यारोमा परेकाहरुलाई मदत गरिएको घटनाहरु पनि प्रशस्त छन् । त्यसमध्येको एउटा प्रतिनिधित्व घटना यस्तो छ…
प्रतिनिधित्व घटना
चन्द्रागिरी नगरपालिका–११ मा बस्नुहुने समाजसेवीका लिला दाहालको घरमा बुधवार (२४ गते) उहाँसहितका ७ जना वरपरका स्थानिय वासिन्दाहरु मिली जम्मा हुनुभएको थियो । कार्यक्रम थियो राहत वितरणको । समाजसेवीका दाहालका सम्पर्कमा भएका ८ जना उपत्यका बाहिरका केहि मासिहरु उहाँको घरमा राहत लिन जम्मा भएका थिए । ति मानिसहरु अति नाजुक अवस्थामा देखिन्थे । सायद घरमा खनेकुराको अभाव र लकडाउनको प्रत्यक्ष असर निकै परेको हुनुपर्छ । समाजसेवीका दाहालका साथमा सहयोगी हातहरु श्याम कृष्ण मानान्धर, दिपक महर्जन, मंगला श्रेष्ठ, ईन्द्र न्युपाने, सपना खापुङ्ग र विशम्भर मैनाली हुनुहुन्थ्यो । उहाँहरु मिलेर लकडाउनमा काठमाडौंमै बाध्यता स्वरुप आफ्नो घर फर्कन नपाएका ८ जना व्यक्तिहरुलाई खानको लागि निकै अभाव भएपछि समाजसेवीका दाहालको संयोजक्त्वमा राहत सहयोग वितरणको काम गर्नुभएको रहेछ ।
राहत लिन आउनुभएका मध्येमा हामिले त्याहाँ एक जना वृद्ध आमालाई देखेउ र उहाँलाई प्रश्न गरेउ – 'गार्हो अवस्थामा यसरी तपाईलाई सहयोग मिलेकोमा तपाईलाई कस्तो लागिरहेको छ आमा ? उहाँले आनुहारमा मलिन हाँसोका साथ जवाफ दिँदै भन्नुभयो, 'धेरै धेरै धन्यवाद, आशिष दिन्छु । ' हामीले पुनः उहाँले अरु समयमा के गर्नृहुन्थ्यो होला भन्ने जिज्ञासाका साथ अर्को पनि प्रश्न गर्यौ । 'आमा अनि अरु समयमा हजुर के गर्नुहुन्थ्यो ? घरमा कोको हुनुहन्छ ? ' उहाँले हाम्रो प्रश्नमा केहि भावुकताका साथ भन्नुभयो, 'म एक्लै छु बाबु । अरु दिन त म डोकोमा साग हालेर टोल–टोलमा सागपात बेच्दै हिड्छु । ' अनि उहाँ आफ्नो भागमा परेको राहत सहयोग बोकेर हिड्नुभयो । हामीले पनि राम्रोसंग जानुहोला भनेर बिदा दियौ । अन्ततः लगभग आधा घन्टाको समयवधीमा राहत सहयोग सबैले लिएर आ–आफ्नो बाट लागे ।
त्यसपछि हामिले समाजसेवीका दाहालसग केहि कुराहरु गर्यौ । उहाँले आफ्नो ह्रदय निकै कोमल भएको बताउनुभयो । यसरी अभाव र अपठ्यारोमा परेका हरुलाई सहयोग गर्न पाउँदा आफुलाई निकै आनन्द मिल्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, 'आहिले विश्व नै महामारीको सङ्कटबाट गुज्रिरहेको अवस्थामा हामी मानिसले आफुनो धर्म निभाउने यो उपयुक्त समय हो । गाह्रो र अपठ्यारोमा परेकालाई एक अर्का मिलेर सहयोग गर्नु नै पुण्यको काम हो ।' आफुलाई सधै यस किसिमको मानविय धर्म गर्न अग्रसर राख्ने समाजसेवीका दाहालले आफ्नो घरमा कोठा लिएर बसेकाहरुसंग पनि लकडाउन सुरुभएदेखि कोठाभाडा नलिएको बताउनुभयो । उहाँले भन्नुभयो, 'यस्तो बेला मैलै कसरी कोठाभाडा माग्नु ? बरु लकडाउन खुलेपछि वा अलि अवस्था सहज भएपछि दिँदा हुन्छ ।'
यी त केवल एउटा प्रतिनिधित्व घटना मात्रै हुन । समाजमा अझैपनि यस्ता सहयोगी मन र ह्रदय भएका मानिसहरु धेरै छन् । अहिलेको अवस्थामा धेरै मानिसहरुले लकडाउनका कारण उपत्यका छाडी आफ्नो घर जान पाएका छैनन् । कयौंले त पैदल यात्रा समेत गरेर आफ्नो गाँउ फर्किरहेका छन् । त्यसकारण यो समय हो एकले अर्कालाई सक्दो सहयोग गर्ने । यहाँ धरै त्यसता मानिसहरु छन् जसलाई दैनिक छाक टार्न पनि धौ धौ परिरहेको छ । आफ्नो गाँउ घर फर्किउ भने सरकारले देशभरी नै लकडाउन लगाएको छ । घर नजाँउ त यहाँ के खाएर बस्ने ? त्यसैले मानव धर्मलाई बुझेर हामी सबैले सबैलाई हातेमालो गर्दै एक अर्काको सहयोग गरौं । कोरोना भाइरसका कारण ज्यान गुमाउनु अर्कै कुरा हो तर भोक अनि प्यासले यदि कसैको ज्यान जान्छ भने त्यसबेला हामी आफु मानव भएर धर्तिमा जन्म लिनुको अर्थ नलाग्न सक्छ ।