१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कबितामा पशुपतिको महिमा



अ+ अ-

समस्त यो ब्रम्हाण्डका सृष्टि स्थिति संहारका
प्र‌णेता हे जगत्पते पशुपति नेपालका
कल्याण होस् सदा प्रभु स्वदेश यो नेपालको
नेपाल देशवासीको सबै हजुरका  भक्तको ॥

हजूरको निवास छ सुन्दर कीनार  वाग्मती
शिवपुरी वनैबाट उद्गम नदी पयस्विनी
बहन्छिन्  जो  वाग्द्वारबाट चोभार भञ्ज्याङसम्मकै
उपत्यकालाई सिँचदै सब जनकी पापहारिणी ॥

पूर्व दिशामा संस्थित अरण्य श्लेष्मान्तक छन्
मृगस्थली वन जहाँ श्रीगोरखनाथ बस्दछन्
त्यहिँ निकट स्थलमा श्री विश्वरुप निवास छ
अझै केही सुपूर्वमा श्री गुह्येश्वरी  मन्दिर छ॥

प्रभुको आग्नेय कोणमा श्री कीर्तिमुखभैरव
वाग्मतीपारीतटमा श्रीरामसीता मन्दिर
दक्षिण दिशामा चौँसट्ठी शिवलिङ्ग अवस्थिती
अझै सुदूर दक्षिण भस्मेश्वरघाट आरती ॥

नैऋत्य कोण विद्यमान भगवती भुवनेश्वरी
वनकाली गौशाला तथा भ‌ण्डारखाल  बागेश्वरी
पश्चिम दिशातिर स्थित नगरी देवपत्तन 
आचार्य शङ्कर पीठ र दक्षिणामूर्ति मन्दिर ॥

वायव्य कोणतर्फ छन् सुन्दर कैलाश पर्वत
पवित्र उमाकुण्डका साथै मनोहर वन
उत्तर दिशातिरै पनि उनै कैलाश पर्वत 
संपूर्ण सिद्ध आउने पावन पर्वत स्थल ॥

ईशान कोणतर्फ नै प्रसिद्ध गौरीघाट छन्
संपूर्ण तीर्थयात्री जन जहाँ सभक्ति स्नान गर्दछन्
पारी पर्वत शिखरमा किराँतेश्वर निवास छ
अखण्ड भक्ति साधना जहाँ सदा विहीत छ ॥

प्राचीन कालदेखि नै पवित्र पुण्य धाम हो
जन जनको आस्था केन्द्र जो नेपाली कै धरोहर हो
समस्त पृथ्वी भरीका संपूर्ण हिन्दुधर्मीको
विश्वासको जो  केन्द्र हो पशुपतिको धाम हो ॥