२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोरोनाको महामारीमा पनि राजस्व संकलन उत्साहजनक



अ+ अ-

काठमाडौं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पुर्याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ ।सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७ अर्ब १९ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा कर राजस्वबापत ६४ अर्ब ८२ करोड ७० लाख रुपैयाँ उठेको छ । यसैगरी, गैरकर राजस्वबापत २ अर्ब ३६ करोड ५० लाख रुपैयाँ उठेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुसार अहिलेसम्म कुल ६ दशमलव ६४ प्रतिशत राजस्व संकलन भएको हो । सोमबारसम्म सरकारले कर राजस्वतर्फ ७ दशमलव १० प्रतिशत र गैरकरतर्फ २ दशमलव ३९ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सो जानकारी गराएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो महिना साउनमा मात्र सरकारले विभिन्न निकायबाट कुल ५८ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये कर राजस्वतर्फ ५६ अर्ब ५५ करोड रुपैयाँ र गैरकर राजस्वतर्फबाट २ अर्ब २६ करोड रुपैयाँ उठाउन सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयले विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमा नै अवरोध पु(याएको अवस्था र ११ चैतदेखि गरिएको लकडाउनबीच सबै व्यवसाय धराशायी भएको बेलामा पनि यसरी राजस्व उठ्नु उत्साहजनक भएको बताएको छ । आन्तरिक राजस्व विभागले पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यअनुरूपकै राजस्व संकलन भएको जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले विभागले पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यअनुरूपकै राजस्व उठाएको बताए । उनले साउनमा करिब ३५ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताए । भदौको पहिलो साता सोमबारसम्म ३ अर्ब राजस्व संकलन भएको भन्दै उनले अहिलेसम्मको अवस्था उत्साहजनक नै भएको बताए । कोरोना महामारीकै कारण सरकारले अहिले खर्च नगरेकाले सरकारी खाता भने बचतमा देखिएको छ । विगतका वर्षहरूमा पनि आर्थिक वर्षको सुरुवाती महिनामा खासै खर्च हुँदैनथ्यो । अहिले कोरोना प्रभावका कारण विकास खर्च हुने सम्भावना न्यून छ ।

सोमबारसम्मको तथ्यांकअनुसार जम्मा ४ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ मात्र खर्च भएको छ । यसैबीच गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र सबैभन्दा धेरै १ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले जानकारी गराएअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा ७ खर्ब ७४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । असार मसान्तसम्ममा कुल ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

कोरोना भाइरस प्रभावको कारण गत वर्ष नै रेमिट्यान्स अत्याधिक घट्ने अनुमान भए पनि विप्रेषण आप्रवाह रेमिट्यान्समा जम्मा शून्य दशमलव ५ प्रतिशतले मात्र गिरावट आएको थियो । गत आर्थिक वर्षमा झन्डै ९ खर्बको रेमिट्यान्स भित्रिएको र कोरोना महामारीकै कारण विकास खर्च नभएकाले अहिले सरकारी ढुकुटी भने बचतमै देखिएको महालेखाले जनाएको छ । राजधानी दैनिक