२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने



अ+ अ-

काठमाडौँ । उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गर्नुभएसँगै सुरक्षा जिम्मेवारीको विषय टुङ्गिएको हो । अध्यादेशले ऐन संशोधन गरेको छ । जसअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले पाउनेछ । उपत्यकाको सुरक्षा जिम्मेवारीको विषयमा विवाद हुँदा प्रहरी समायोजनको प्रक्रिया रोकिएको थियो । विधेयकले उक्त विषय सम्बोधन गरेसँगै समायोजनको प्र्रक्रिया समेत अब अघि बढ्नेछ । समायोजन विधेयक पारित भएको लामो समय भए पनि विवादका कारण प्रक्रिया अघि बढेको थिएन ।

अध्यादेश अनुसार मूल ऐनको दफा १०(क) थप गरिएको छ । जसमा भनिएको छ, ‘दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ ।’ नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि उपत्यकाका तीनवटै जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालय रहनेछन् । यस्तै अध्यादेशले नेपाल प्रहरीले अनुसन्धान गर्ने सूचीबाट अध्यागमनसम्बन्धी कसुर हटाएको छ । यसैबीच काठमाडौँ उपत्यकाको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका लागि गठित ‘महानगरीय प्रहरी कार्यालय’ को नाम ‘सङ्घीय राजधानी प्रहरी’ मा परिवर्तन भएको छ ।

नेपाल प्रहरी र सङ्घीय प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँंगै ‘सङ्घीय राजधानी प्रहरी’ प्रहरी प्रधान कार्यालय (केन्द्र) मातहतमा रहने व्यवस्था गरिएको छ । अध्यादेशपछि नेपाल प्रहरीलाई प्रदेश समायोजन प्रक्रियाका लागि बाटो खुलेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन २०६२ सालमा महानगरीय प्रहरी सेवा गठन गरिएको थियो ।

योअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय, ट्राफिक महाशाखा, अपराध महाशाखा तथा तीन जिल्लामा तीनवटा परिसर लगायतका कार्यालय रहेका थिए । यसअघि महानगरीय प्रहरी कार्यालयलाई बागमती प्रदेश प्रहरी अन्तर्गत रहने गरी व्यवस्था गरिएको थियो । ‘सङ्घीय राजधानी प्रहरी’ को नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले नेतृत्व गर्नेछ । गोरखापत्र दैनिक