२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

असोज १९ गतेबाट तातोपानी नाका खुल्ला गरिने



अ+ अ-

सिन्धुपाल्चोक । लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएको छ । मंगलबार मितेरी पुलमा सम्पन्न दुई देशका अधिकारीबीचको बैठकले १९ असोजबाट नाका सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नाका सञ्चालन गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । मंगलबारको द्विदेशीय अधिकारीबीचको बैठकमा भएको सहमतिअनुसार १८ असोजमा चीन क्षेत्रको जाङमु पोर्ट सञ्चालनमा आउने र भोलिपल्टदेखि चिनियाँ सामान तातोपानी नाका हुँदै नेपाल भित्रिनेछन् । ‘१९ गतेदेखि धमाधम सामान आउन थाल्नेछन्।’ –बैठकपछि प्रमुख जिल्ला अधिकारी ढकालले भने ।

नाका सञ्चालनका लागि चिनियाँले स्वास्थ्य सुरक्षाको सवाललाई गम्भीररूपमा लिन र ‘प्रोटोकल’ पूरा गर्न आग्रह गरेका छन् । सामान आयातका लागि जाने चालक, सहचालक र लोडर मजदुरका अनिवार्य पीसीआर गरिनेछ । चालक सहचालक र मजदुरसमेत गरी एक सिफ्टमा २९ जनासम्म नेपाली रहनेछन् । चिनियाँले नाका सञ्चालन भएपछि ५÷५ दिनमा नाकामा खटिने चालक, सहचालक र मजदुरहरूको पीसीआर गर्ने सहमति भएको छ ।

पहिलो समूहका लागि नेपालतर्फ चालक, सहचालक र मजदुरहरू तयारी अवस्थामा रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नेपाल चीनको प्रमुख व्यापारीक नाका सञ्चालनमा आउन लागेसँगै चिनियाँ क्षेत्रमा अलपत्र परेको नेपाली व्यापारीका सामान नेपाल भित्रिने विश्वास लिइएको छ । २०७१ साउन १७ को जुरेपहिरोले तातोपानी नाकाको व्यापारमा धक्का लाग्यो । त्यसपछि २०७२ को विनाशकारी भूकम्पले सीमाक्षेत्र तहसनहस बनेपछि तातोपानी नाका पूर्णतया बन्द भएको थियो । २०७३ को भोटेकोसी बाढीले नाकाक्षेत्रको सडक क्षतविक्षत बनाइदिएका कारण नाका सञ्चालनमा थप कठिनाइ थपिएको थियो ।

तातोपानीतर्फ नेपालले अघोषित नाकाबन्दीकै नियति भोग्दै ४ वर्षपछि २०७६ जेठ १५ मा निकै तामझामका साथ नाका सञ्चालनमा त ल्याइयो तर तातोपानीबाट अपेक्षाकृत व्यापारीक चहलपहल हुन सकेन । पछिल्ला बाढीपहिरोले बाह्रबिसे तातोपानी खण्डको सडक क्षतविक्षत छ । तत्काल नाका सञ्चालनमा ल्याउनका लागि सडक स्तरोन्नति गर्नुपर्ने देखिन्छ । ‘सडक विभागले बाह्रबिसे तातोपानी खण्डको सडक सहज बनाउनेछ, त्यसो हुँदा सडकको समस्या रहँदैन।’ –प्रजिअ ढकालले भने । नेपाल समाचारपत्र दैनिक