
जनकपुरधाम । धनुषामा एक बालकको अप्राकृतिक मैथुनपछि हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसनपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश बिहीबारदेखि बेपत्ता भएका थिए ।
बेपत्ता बालकको शव शुक्रबार कृषि इँट्टा उद्योगको परिसरभित्र रहेको खाल्डोमा भेटिएको थियो । यस्तै, हत्या आरोपमा प्रहरीले २२ वर्षीय रामबहादुर सदालाई पक्राउ गरेको थियो ।
सदाले बालकलाई मलद्वारमा अप्राकृतिक मैथुन गरेर हत्या गरेको स्वीकार गरेका छन् । सदाले बालकलाई चकलेट विस्कुटको प्रलोभन देखाइ पोखरीतिर लगेर कुकर्म गरी हत्या गरेको बयान दिएको प्रहरीले खुलाएको छ । बालकले प्रतिकार गरेपछि कन्दनीले घाँटी कसेर हत्या गरेको सदाले बयान दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(१७ गते नेपाल समाचारपत्र)