२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उद्धारका लागि तत्काल नै हेलिकप्टर उडान अनुमति दिन निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । स्थानीय प्रशासनको सिफारिसमा तत्काल नै हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण वा आकस्मिक उद्धार कार्य गर्नुपर्ने अवस्थामा सम्बन्धित संस्थाको अनुरोध तथा स्थानीय प्रशासनको

सिफारिसमा गृह मन्त्रालयले यथाशीघ्र हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्नुपर्ने निर्देशन दिएको हो । खासगरी विभिन्न १३ वटा जिल्लालाई लक्षित गरेर त्यहाँका स्थानीय प्रशासनको सिफारिसमा गृहले तत्काल अनुमति दिनुपर्ने गरी निर्देशन दिइएको समितिका सभापति पवित्रा निरौलाले जानकारी दिए ।

बैठकले कोभिड सङ्क्रमणका कारण प्रभावित पर्यटन क्षेत्र सञ्चालनका लागि निर्देशिका बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । गोरखापत्र दैनिक