२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हवाई उद्धारसम्बन्धी निर्देशिका जारी



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि हवाई उद्धार गर्ने भएको छ । त्यसका लागि एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीका लागि सुरक्षित रूपमा तत्काल विमान मार्फत उद्धार गरी उपचार गर्नुपर्ने भएकाले उक्त निर्देशिका जारी गरिएको जानकारी दिए ।

उनले मापदण्ड गम्भीर प्रकृतिका कोभिड–१९ बिरामीका लागि लागू हुने जानकारी दिँदै साधारण र मध्यम प्रकृतिका बिरामीका लागि एयर लिफ्टिङ नगरिने बताए । डा. अधिकारीले सङ्क्रमितले उपचार गरिरहेको अस्पतालमा उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रूपमा सिफारिस गरेको हुनुपर्ने बताए । उनले विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पुर्याउन मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको बताए । यस्तै एयर लिफ्टिङ गर्दा विमान, हेलिकप्टर, एयर एम्बुलेन्सले जनस्वास्थ्यका मापदण्ड अपनाई कोभिड–१९ बिरामीको ओसारपसार गर्नुपर्ने हुन्छ ।

उक्त मापदण्डमा विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा दुई स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने र उक्त व्यवस्था विमान कम्पनीले नै गर्नुुपर्ने छ। विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिन, पर्याप्त मात्रामा पीपीई, सेनिटाइजर, डिसइन्फेक्टेड लगायत औषधि तथा औषधिजन्य सामग्री अनिवार्य रूपमा हुनुपर्ने, विमान चालक दलका कर्मचारी, स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तले अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने छ। गोरखापत्र दैनिक