२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दशैँको मुखमा उपभोक्ता महँगीको मारमा



अ+ अ-

काठमाडौँ । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपियाँ र तेल प्रतिलिटरमै १५ रुपियाँभन्दा धेरैले महँगिएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताए । उनले भने, “अहिले मूल्य बढनुपर्ने कारण नै छैन । बजारमा कुनै समस्या नै छैन । पर्याप्त सामान आपूर्ति भइरहेको छ तर पनि थोकबाटै भाउ बढाइएको छ । यसको कारण बजार अनुगमन गर्ने सरकारी निकायले खोज्नुपर्यो । ” दशैँ लागे पनि व्यापार नभएको र थोक बिक्रेताले पनि बिनाकारण मूल्य बढाएकाले आफूहरू दोहोरो मारमा परेको गुनासो गरे । उनका अनुसार सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाइएको छैन तर भाउ भने बढेको छ । उपभोक्तालाई जवाफ दिनुपर्नेमा खुद्रा व्यापारी नै पर्छन् ।

उनका अनुसार केही समय पहिला एक हजार ५८० रुपियाँमा पाइने एक कार्टोन सनफ्लावर तेलको मूल्य अहिले एक हजार ६२० रुपियाँ नाघेको छ । पहिले एक लिटर तेलका लागि १५८ रुपियाँ पर्नेमा अहिले होलसेलमै १६३ रुपियाँ नाघेको छ । उनको अनुभवमा अरू खाद्यवस्तुको तुलनामा दुगडका उत्पादन तेल, आटा, दाललगायतका सबै सामान प्रतिकेजी वा प्रतिलिटरमा २० देखि ४० रुपियाँसम्म महँगो भएको छ । सङ्घका अनुसार यसअघि २५५ रुपियाँ प्रतिलिटरमा पाइने धारा तोरीको तेलको मूल्य थोकमै २६५ सम्म पु¥याइएकोे छ । मासको दाल प्रतिकेजी १६० बाट १७० रुपियाँ पुर्याइएको सङ्घले जनाएको छ ।अध्यक्ष श्रेष्ठले पछिल्लोपटक बढेको बजार मूल्यका विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीलाई भेटेर बजार मूल्यको अनुगमनका लागि पनि आग्रह गरिरहेको बताए ।

नेपाल थोक व्यापार सङ्घले भने उद्योगमै सामान बढेकाले आफूहरूले पनि बढाउनुपरेको बताउँदै आएको छ । नेपाल तेल, दाल, चामल सङ्घले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । सो सङ्घले नेपालमा तेल, दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा देखिएको जनाएको छ । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले सरकारको बजार अनुगमनले साना व्यापारीबाट राजस्व उठाउने र ठूला व्यापारी एवं उद्योगीलाई संरक्षण गर्नेबाहेक अन्य कुनै काम हुन नसकेको आरोप लगाए ।

उनले दशैँको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेर उपभोक्तालाई असर परेको र चाडपर्वमा उपभोक्तालाई राहत दिने ठाउँमा सरकार चुकेको बताए । चाडपर्वका बेला बजारमा वस्तु तथा सेवाको खरिद बिक्री धेरै हुँदा व्यवसायीले कालोबजारीसमेत गर्ने गरेको उनको अनुभव छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न नियमित चार/पाँच वर्ष समूह बनाएर अनुगमन गरिरहेको बताए । उनले पछिल्लोपटक दाल, गेडागुडी र खाने तेलको भाउ बढेको गुनासो आएको र अबको अनुगमन त्यसैमा केन्द्रित हुने पनि जानकारी दिए । गोरखापत्र दैनिक