२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रुकुम पश्चिम हत्याकाण्डः हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा विवाद



अ+ अ-

सुर्खेत । रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतमा दुई न्यायाधीशको राय बाझिएको छ । उनीहरूबीच घटनामा मुछिएकी एक किशोरीलाई छाड्ने विषयमा मात्रै मत मिलेको छ । राय बाझिएको विषय निरूपणका लागि सुर्खेत उच्च अदालतकै अर्का न्यायाधीशको इजलासमा मुद्दा पेस हुनेछ । दुई न्यायाधीशको राय बाझिएको विषय भने तेस्रो न्यायाधीशको राय नआउन्जेल कार्यान्वयन हुँदैन । रुकुम पश्चिम जिल्ला अदालतले घटनामा मुछिएका ३४ मध्ये २५ जनालाई पुर्पक्ष थुनामा पठाएको थियो । दुई नाबालकलाई यसअघि नै बालसुधार गृहमा पठाउन आदेश भएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध आरोपितहरू उच्च अदालत गएका थिए । आरोपितहरूको निवेदन सुनुवाइका क्रममा मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो । तीमध्ये मृतक नवराज विकसँग नाम जोडिएकी किशोरीलाई थुनामा नभई साधारण तारेखमा छाड्ने विषयमा दुवै न्यायाधीशको मत मिलेको हो ।

के यो मूल मुद्दा हो ?

अहिले उच्च अदालत सुर्खेतमा पुगेको विषय मूल मुद्दा होइन । सामूहिक हत्याको आरोप लागेकाविरुद्धको मुद्दा रुकुम पश्चिमको जिल्ला अदालतमै विचाराधीन छ । उनीहरूलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भनी गरिएको आदेशविरुद्ध मात्रै आरोपितहरू उच्च अदालत पुगेका हुन् । अनि केही आरोपितलाई छाड्ने आदेशविरुद्ध सरकारी वकिलले पनि उच्च अदालत सुर्खेतमा निवेदन दिएको छ । यो मुद्दामा तेस्रो न्यायाधीशको समेत राय आएपछि आरोपितलाई थुनामै राख्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा रिहा गर्नेमध्ये एउटा आदेश हुनेछ । त्यो आदेशसमेत चित्त नबुझे सम्बद्ध पक्षले सर्वोच्च अदालतमा निवेदन दिन पाउनेछ । सर्वोच्चले समेत सुनुवाइ गरेपछि थुनछेकको आदेश अन्तिम भएर बस्छ । त्यसपछि जिल्ला अदालत रुकुममा विचाराधीन ज्यानमुद्दाको सुनुवाइ अघि बढ्छ । तर जिल्लामा विचाराधीन मुद्दा अघि बढाउन भने अहिलेको यो प्रक्रियाले कुनै असर गर्दैन ।

केमा राय बाझियो ?

सुर्खेत उच्च अदालतका रजिस्ट्रार माधवप्रसाद पौडेलका अनुसार राय बाझिएको विषयमा तेस्रो न्यायाधीशसमक्ष मुद्दा पेस हुनेछ । उनले दिने राय निर्णायक भई कार्यान्वयनमा आउनेछ । आइतबार मध्यरातमा मात्रै आदेश तयार भएकाले को को व्यक्तिलाई छाड्ने नछाड्ने हो भन्नेबारे आफूलाई सम्झना नभएको पौडेलले बताए । उनले भने, ‘बिहान कार्यालय खुलेपछि मात्रै मैले थप भन्न सक्छु ।’ रुकुम पश्चिमको जिल्ला अदालतले गत असारमा घटनामा जोडिएकी किशोरीकी आमालाई मात्रै एक लाख रुपैयाँ धरौटी मागेको थियो । तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । साधारण तारेखमा छुट्ने आदेश गरिएकामा इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दीपेन्द्र चन्द थिए । वडाध्यक्ष डम्बरबहादुर मल्ललगायत अरू सबैलाई थुनाको आदेश जारी भएको थियो । घटनामा संलग्न भएको आरोप लागेका पाँच जना फरार थिए । कान्तिपुर दैनिक