२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो निर्णय २० अर्ब ऋण !



अ+ अ-

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

अर्थ सचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, मन्त्रालयका महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालय मातहतका विभागीय प्रमुखसँग उनले केहीबेर ब्रिफिङ लिएका थिए । पदभार ग्रहण गरेलगत्तै पौडेलले विश्व बैंकसँग ऋण लिन प्रक्रिया अघि बढाउनेसम्बन्धी निर्णय गरेका छन् । दुई सय मिलियन अमेरिकी डलर (करिब २० अर्ब रुपैयाँ) ऋण स्वीकार गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय अर्थमन्त्री पौडेलले गरेको अर्थ सचिव ढुंगानाले जानकारी दिए । ‘यो ऋण बजेटरी सहायताअन्तर्गतको हुनेछ,’ उनले भने, ‘ऋण प्राप्त भए हाम्रा प्राथमिकताका क्षेत्रमा खर्च गर्न पाउनेछौं ।’ जसको ब्याजदर ०.७५ प्रतिशत मात्रै हुनेछ ।

‘अर्थमन्त्रीले निर्णय गरिसक्नुभएकाले अब हामीले प्रस्ताव तयार पारी मन्त्रिपरिषद्मा पठाउँछौं,’ उनले भने । दातृ निकायसँग ऋण लिने विषय नियमित भए पनि हालको अवस्थामा विशेष महत्त्व छ । विश्वव्यापी रूपमा कोभिड–१९ का कारण आर्थिक गतिविधि कम भई राजस्व संकलनमा कमी आइरहेको छ । सरकारी खर्चको चाप कम भएको छैन । खर्चको स्रोत जुटाउन आन्तरिक ऋण, वैदेशिक सहायता तथा ऋण लिने कार्यलाई सरकारले प्राथमिकता दिइरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार मंगलबारसम्म चालु खर्चकै लागि राजस्वले धान्न छाडिसकेको देखिन्छ । अर्थात् मंगलबारसम्म १ खर्ब ६० अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएकोमा १ खर्ब ६६ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ चालु खर्च भइसकेको छ । चालु शीर्षकका लागि केही रकम र अन्य क्षेत्रको खर्चका लागि गत वर्षको मौज्दात, आन्तरिक ऋण तर वैदेशिक सहायताको रकम उपयोग गर्नुपरेको छ । यसले बचतमा रहेको राष्ट्रिय ढुकुटीको अंश घटाउँदै लगेको अर्थका अधिकारीहरूको भनाइ छ । राजस्व उठाउन जोड दिनुका साथै सुविधाभोगी ठूलो संरचनाका सार्वजनिक निकायको खर्च कटौतीमा पौडेलले कठोरता देखाउनुपर्ने सरोकारवाला अधिकारीले सुझाएका छन् । पौडेल दोस्रो पटक अर्थमन्त्री भएका हुन् । २०७२ कात्तिकमा अर्थमन्त्री हुँदा उनले अघिल्ला अर्थमन्त्री रामशरण महतले ल्याएको बजेट कार्यान्वयन गर्नुपरेको थियो । यस पटक पनि उनले पूर्वअर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेट कार्यान्वयन गर्नुपर्नेछ । कान्तिपुर दैनिक