२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच संवादक्रम घट्यो



अ+ अ-

काठमाडौं । करिब समाधान भइसकेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद फेरि बल्झिएको छ । चार महिना लामो आन्तरिक विवाद समाधान गर्न सहमति गर्दै कार्यान्वयनको चरणमै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव ल्याएपछि पुनः विवाद बल्झिएको हो । कर्णालीको विवाद समाधान नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे पनि विवाद झन् बढेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार पार्टी आपसी समन्वयमा सञ्चालन गर्ने सहमति भए पनि प्रम ओलीको पछिल्लो निर्णयले प्रचण्ड रुष्ट बन्नुभएको छ । मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच संवादसमेत हुन छोडेको छ । स्थायी कमिटी र सचिवालयको निर्णय कार्यान्वयन गर्न दुई साता निरन्तर छलफल गरे पनि प्रचण्डलाई थाहै नदिई प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

कर्णाली प्रदेशको विवादले पार्टीभित्र आन्तरिक उत्कर्षमा पुगेपछि समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । बिहीबार र शुक्रबार दुई दिन कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका नेताहरुले शनिबार बिहान प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका छन् । कर्णालीका पदाधिकारीसँगको छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई शनिबार बालुवाटार बोलाए पनि प्रचण्डले भने संयुक्तरुपमा भेट्न अस्वीकार गर्नुभएको छ । प्रचण्डको सचिवालयका एक सदस्यले प्रचण्डको भनाइ उद्धृत गर्दै भने– ‘मैले कर्णालीका साथीहरुको कुरा सुनिसकेके छु, अब तपाई सुन्नुहोस्, एउटै कुरा कति सुन्ने ?’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका हुन् । कर्णालीका पदाधिकारीसँग दुवै अध्यक्षले बसेर छलफल गरौं भन्दै प्रधानमन्त्री ओलीले शनिबार बिहानै प्रचण्डलाई बालुवाटार बोलाए पनि प्रचण्डले अस्वीकार गरेका थिए।

कर्णाली प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कँडेल, प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह र प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायत तीनै गुटका नेताहरु काठमाडौं आएका छन् । केपी ओली पक्षका नेता यामलाल कँडेलको अगुवाइमा कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध १६ जना सत्तारूढ सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेपछि कर्णाली सरकार विवादमा फसेको हो । शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेकपा कर्णाली प्रदेशका पदाधिकारीलाई तत्काल काठमाडौं नछोड्न निर्देशन दिनुभएको छ । भेटमा सहभागी एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने– ‘तपाईंहरुका कुरा मैले सुनें, अब हामी दुई अध्यक्ष बसेर सल्लाह गर्छौं ।’ ती नेताका अनुसार ओलीले दुई अध्यक्ष बसेर छलफल नगर्दासम्म काठमाडौं नछोड्न निर्देशन दिएका हुन् । नेपाल समाचारपत्र दैनिक