काठमाडौं । भारतमा आजसम्म एक लाख १४ हजारभन्दा बढिको कोरोना भाइरसबाट मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ३१ पुगेको र पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा मात्र ६१ हजार ८७१ नयाँ संक्रमित थपिँदै संक्रमितको कुल संख्या ७४ लाख ९४ हजार ५५२ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा ८१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ ।