२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात



अ+ अ-

काठमाडौँ । यसअघि सबैभन्दा धेरै आयात हुने डिजेललाई समेत उछिन्दै मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात हुने सूचीको शीर्ष स्थानमा परेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामै नेपालमा ११ अर्ब रुपियाँभन्दा बढीको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । बढ्दो अनलाइन पढाइ तथा चाडपर्वको माहोलसँगै असोजसम्म १५ लाख दुई हजार थान मोबाइल फोन आयात भएको तथ्याङ्कले देखाएको छ । सीमित अन्तर्राष्ट्रिय व्यापारका कारण कम भएको मोबाइल फोनको आयात चालू आवको तीन महिनामा भने ह्वात्तै बढेको हो ।
सामुदायिक तथा निजी विद्यालयले अनलाइन शिक्षा प्रणाली कार्यान्वयनमा ल्याएपछि मोबाइल फोनको बजार पनि फस्टाएको देखिन्छ । आयातको सूचीमा मोबाइल फोनपछि अर्धप्रशोधित फलाम तथा स्टिल छ । साउनदेखि असोजसम्म यी वस्तुको आयात नौ अर्ब ८५ करोड रुपियाँ नाघेको छ । त्यसपछि आठ अर्ब ९६ करोड रुपियाँको डिजेल आयात भएको छ भने कच्चा सोयाबिनको आयात सात अर्ब १६ करोड रुपियाँ पुगेको छ । त्यसपछि शीर्ष पाँचमा चामल रहेको छ, जुन छ अर्ब ९९ करोड रुपियाँको आयात भएको देखिन्छ ।

निर्यात बढ्यो, आयात घट्यो
अन्तर्राष्ट्रिय व्यापारमा फेरिएको पछिल्लो प्रवृत्ति चालू आवका तीन महिनामा पनि कायम छ । निर्यात गत आवको सोही अवधिको तुलनामा १४.२८ प्रतिशतले बढेर ३१ अर्ब नाघेको छ । यसबीचमा मुख्य रूपमा तयारी सोयाबिन तेल, कालो चिया, अलैँची, गलैँचा र धागोको निर्यात भएको देखिन्छ । कुल निर्यातमध्ये यी वस्तुको निर्यात मात्र करिब १३ अर्ब रुपियाँको छ ।
आयात १२.७४ प्रतिशतले घटेर दुई खर्ब ९२ करोड रुपियाँ पुगेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापारको आकार तीन अर्ब २३ करोड रुपियाँ नाघेको छ । यो अघिल्लो आवको असोजसम्मको तुलनामा १०.७१ प्रतिशतले कम हो ।
आयातमा भएको गिरावट र निर्यातमा देखिएको सुधारले व्यापार घाटा खुम्चाएको छ । तीन महिनासम्म व्यापार घाटा दुई खर्ब ६१ अर्ब रुपियाँ पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा १५.१३ प्रतिशतले कम हो ।  गोरखापत्र दैनिक