१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण



अ+ अ-

खोटाङ । चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ ।  हिन्दू नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठपर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू हुनेगरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको दरभाउ निर्धारण गरेको हो । गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले प्रतिकेजी खसी तथा स्थानीय जातको कुखुराको मासु रु ७००, राँगाको मासु रु ३५०, सुँगुरको मासु रु २४०, ब्रोइलर कुखुराको मासु रु ३००, गिरिराज कुखुराको मासु रु ६०० र स्थानीय खोला तथा पोखरीको माछाको मूल्य रु ५०० निर्धारण गरेको छ । यसैगरी प्रतिकेजी स्थानीय जातको चामल (बास्मती लामो) रु १००, स्थानीय जातकै ९छोटो० रु ७५, वर्षे धानको चामल रु ७०, बाहिरी जिल्लाबाट ल्याइएको जिरा मन्सुली चामल रु ७५, सोना मन्सुली चामल रु ५० र कान्छी मन्सुली चामलको मूल्य रु ४५ निर्धारण गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए।

उनका अनुसार प्रतिकेजी स्थानीय जातको कालो दाल रु १५०, सेतो मास रु १००, मुसुरी दाल रु १४०, प्रतिलिटर तोरीको खाने तेल रु १९०, सूर्यमुखी तेल रु १८०,  प्रतिकेजी आयोडिनयुक्त नुन रु ३० र ढिके नुनको मूल्य रु २०  निर्धारण गरिएको छ । गाउँ कार्यपालिकाको बैठकले निर्धारण गरेको मूल्यमा व्यापारीले आफ्नो सामान बिक्री गरे÷नगरेको बारेमा अनुगमन समितिले छड्के निरीक्षण गर्ने र बढी मूल्य लिएको पाएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा चाडपर्व भित्रिएसँगै व्यापारीले कालोबजारी शुरु गरेको गुनासो आएका छन् । जिल्लामा हुने कालोबजारी नियन्त्रण गर्न मातहतका प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए। यदि कोहीकसैले कुनै पनि बहानामा कालोबजारी गरेर उपभोक्ता ठग्न खोजेमा तुरुन्त प्रहरीको १०० नं हटलाइन सेवामा फोन गर्नसमेत जिल्लावासीमा आग्रह गरिएको प्रजिअ पौडेलले बताए।