
आमा आराधना देवी आमा गुणवती सदा
आमा गौरवकी मूर्ति आमा हुन जगदम्बिका।
आमा स्वर्गअझै माथि आमा देवी मिजासकी
आमा हुन् गुणकी खानी शिक्षिका घरकी उनी।
आमा हुन ज्ञानकी धारा आभा हुन शशी सूर्यकी
ताराकी दीप्ति हुन् आमा मूर्धन्य मातृ शक्तिकी।
धरतीकी यिनै साथी भान्साकी गृहिणी पनि
लक्ष्मी हुन् गृहकी हाम्री खानपान सबै दिने।
संस्कृति सभ्यता हाम्रो आमा उद्गमको स्थल
सदाचार र शिक्षा हो आमा अमृतको फल।