१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कृषकलाई प्रविधिमैत्री बनाउँदै नलगाड



अ+ अ-

जाजरकोट । नलगाड नगरपालिकाले कृषकलाई प्रविधिमैत्री बनाउन अभियान थालेको छ । नगरभित्र रहेका कृषकको मागका आधारमा विभिन्न औजार तथा उपकरण वितरण कार्य शुरु गरिएको छ । सबै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तु बजारीकरण गर्ने लक्ष्य लिएको नगरपालिकाले अब कृषकको हातमा आधुनिक उपकरण वितरण गरी कामलाई छिटोछरितो बनाउन लागेको हो । नगरपालिकाले चार वटा हात्ते ट्र्याक्टर, छ थ्रेसर पाइडिल मेशिन, सात वटा मकै छोडाउने मेशिन, ३० कृषकलाई बेमौसमी तरकारीबाली उत्पादन लागि आवश्यक पर्ने कृषि सामग्री उपलब्ध गराउन लागिएको छ । त्यस्तै २० क्विन्टल गहुँको बीउ, ४५ क्विन्टल आलुको बीउ, ६०० कीट तरकारी बीउ वितरण गरिएको नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए । सबै वडामा माटो सुहाउँदो तथा उत्पादन दर हेरेर पकेट क्षेत्र बनाएको नगरले सोहीअनुसार कार्यक्रम सञ्चालन गरेको छ । पकेट क्षेत्रलाई व्यवस्थित गरेर अगाडि बढिरहेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिए । 

त्यस्तै भेरी नगरपालिकाले २० क्विन्टल गहुँको बीउ (खाने गहुँ उत्पादनका लागि), चार क्विन्टल मूल बीउ र चार क्विन्टल प्रमाणित बीउ वितरण गरेको छ । नगरपालिकाले वडा नं ३ को होलु, स्याला र वडा नं ७ को  पुन्मा गहुँको पकेट क्षेत्र तथा वडा १ र १० मा गहुँको  बीउ उत्पादनका लागि पकेट क्षेत्र बनाएर काम गरिरहेको छ । अन्य बीउ २, ११, १२, ८, ४ वडामा वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरिएको छ । मटेला, कास्तारा, इवर, कालेगाउँ, पिपे, रिसाङ र बोहोरामा तरकारीको बीउ वितरण गरिएको छ । काउली बन्दा, टमाटर, गाजर, रायो, मुला र प्याजको बीउ वितरण गरिएको कृषि शाखाका यज्ञ अधिकारीले जानकारी दिए । 

भेरी नगरपालिकाले बीउ उत्पादनमा जोड दिएकोसमेत उनले बताए । विषादी प्रयोग बढी भएको ठाउँमा जैविक मल वितरण गर्न लागिएको छ । जैविक उत्पादनलाई जोड दिने नगरको नीतिअनुसार फलफूल, ओखर सुन्तला र कागती बिरुवा लगाउने अभियानसमेत रहेको छ ।