१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दैवको अस्त्र कोरोना



अ+ अ-

आफू उम्रिएर हुर्किएको माटोलाई 
दर्केको झरीमा ओत दिन्छ  
त प्रचण्ड घाममा छहारी  
किनकी
त्यो रूखलाई थाहा छ 
एकदिन ढलेर 
त्यही माटोमा 
लम्पसार पर्नुछ भनेर । 

तर फरक छ मानव चोला
सर्वश्रेष्ठ प्राणी 
कष्टकर जीवन 
चेतनशील छ मानव
त्यसैले त भौँतारिन्छ
उज्जल भविष्य खोज्दै 
बिदेसिन्छ
रोजगारीका लागि
बिरानो भूमिमा 
दिनरात पसिना चुहाउँछ
पलपल चुहाएको पसिनासँग
डलर साट्छ 
आफ्ना लालाबालाको लागि  खुसी किन्छ 
 जुन खुसीले उसको शरीरमा ऊर्जा थपिन्छ
जाँगर र उत्साह बड्दै जान्छ ।

तर अचानक,
दैवको कुदृष्टि लाग्छ 
हरेक दिन र रातको 
शु्ल्क तिर्दै छट्पटाएको 
परदेशको अस्पतालको
भेन्टीलेटरभित्र प्याकप्याक गर्दै 
तिनै लालाबालाको स्पर्शको 
अपुरो चाहना साँच्दै,
आफू जन्मेको माटोको स्पर्शको
चाहाना साँच्दै 
एक मुठी प्राण त्यागीदिन्छ 
त्यही बिरानो ठाउँको 
अस्पतालको बेडमा
अनि फ्याँकिन्छ
कोरोना सङ्क्रमित लासहररूको कन्टेनरमा 
न मलामी, न चिता, न अन्त्येष्टि ।