२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रमद्वारा शिलान्यास भएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढ्दै



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजना प्रमुखसँगको निरन्तर प्रगति समीक्षा तथा परियोजनाको अनुगमन र सहजीकरण गर्दा शिलान्यास गरिएका ती परियोजना अगाडि बढ्न सम्भव भएको जनाइएको छ । ओली दोस्रो कार्यकालका लागि २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभएको थियो । दोस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उहाँले अहिलेसम्म २८ वटा परियोजनाको शिलान्यास गर्नुुभएको छ । शिलान्यास गरिएका परियोजना सफल रूपमा अगाडि बढेको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुुभयो । प्रधानमन्त्री भएपछि उहाँले महाराजगञ्ज शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन सेन्टर एनेक्स भवनको २०७४ फागुन १८ गते पहिलो शिलान्यास गर्नुभएको थियो । गत कात्तिक १९ गते सो भवनको उद्घाटन उहाँले गरिसक्नुभएको छ ।

त्यसैगरी २०७४ फागुन २५ गते दोस्रो शिलान्यास गरिएको पाँच सय शैया क्षमताको वीर अस्पताल सर्जिकल भवनको निर्माण कार्य अन्तिम चरणमा छ । त्यसैगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको मुलुककै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा–सिस्नेखोलाको निर्माण सुरु भइसकेको छ । त्यसैगरी २०७५ पुस १२ गते शिलान्यास गरिएको ऐतिहासिक धरहराको निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । कुल २२ तलामध्ये १७ तलाको ढलान सम्पन्न भइसकेको छ । त्यसैगरी गत वर्ष असोजमा शिलान्यास गरिएको सिंहदरबारस्थित संसद् भवनको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । त्यस्तै ललितपुरको भैँसेपाटीस्थित मुख्यमन्त्री निवास र प्रदेश प्रमुखको भवन निर्माण, बालुवाटारस्थित प्रधानमन्त्री निवास भवन लगायतको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको थपलियाले बताउनुभयो ।

विकास व्यवस्थापन विज्ञ थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजनाको निरन्तरको समीक्षा, अनुगमन र सहजीकरण गर्दा परियोजनाको निर्माण प्रगति उत्साहजनक रहेको बताउनुभयो । गोरखापत्र दैनिक