१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कृषि अनुसन्धान केन्द्र स्थापना हुँदै



अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा कृषि गतिविधि सञ्चालन गरिन लागेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान,प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको छ । नेपालमा किसानहरुले मल खाद र सहज रुपमा बिउ बिजन पाउन सक्ने अवस्था छैन् । धान रोप्नुभन्दा पहिले नै नेपालमा युरिया मल ल्याइसक्ने सरकारी तयारी धान काटेर गहुँ रोप्ने बेलासम्म पनि आइनपुग्नु यसको उदाहरण हो । यद्यपी सरकारले गत सोमबार मात्रै जीटुजी माध्यमबाट बंग्लादेशसँग मल किन्ने निर्णय गरेको छ ।

सरकारले समयमा आवश्यक बिउ बिजन उपलब्ध गराउन नसक्ने तथा कृषकहरुले समेत आवश्यक तालिम पाउन नसक्दा कृषि क्षेत्रमा सोचे अनुरूप उपलब्धि हुन सकेको छैन । यो अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउन लागेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको हो । अनुसन्धान केन्द्र स्थापना भएपछि सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने कृषि व्यवसाय, प्रवद्र्धन तथा सहयोग तालिम केन्द्र कञ्चनपुरका प्रमुख टिकाराम थापा बताउँनुहुन्छ ।

प्रदेश सरकार र स्थानीय तहबीच समन्वयन भएर नै अनुसन्धान केन्द्र निर्माण गरिने भएको हो । प्रदेशले अगाडी सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले सुदूरपश्चिम प्रदेशलाई नै फाइदा पुग्ने पूनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले बताउनुभयो । केन्द्र स्थापना भएपछि रोजगारी सिजर्ना हुने र स्थानीयहरुलाई प्रत्यक्ष रुपमा फाइदा हुने उहाँले बतानुभयो । प्रदेशभरी नै बिउ बिजन उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले पटक पटक टेण्डर आह्वान गर्दा पनि सहज रुपमा मल र बिउ बिजन उपलब्ध नहुने समस्याको समाधान हुने बताउनुभयो ।

स्थानीय कृषकहरु भने आफ्नै क्षेत्रमा गुणस्तरिय बिउ बिजन र मल उत्पादन हुने भएपछि खुसी भएका छन् । सीमावर्ती क्षेत्र भारतबाट गुणस्तरहिन बिउ र मल ल्याएर प्रयोग गर्दै आएका किसानहरुले सरकारी योजनाको स्वागत गरेका छन् । समयमा बिउ नपाइने र भारतबाट ल्याएको बिउ र मल गुणस्तरहित हुने समस्या गरेकोमा अध्ययन केन्द्र स्थापना भएपछि सहज हुने किसानहरुको भनाई छ ।

अध्ययन केन्द्र स्थापनाका लागि व्यवस्थापन समिति गठन गरी निर्देशिका समेत तयार पारिएको छ । सुदूरपश्चिम प्रदेशमा कृषि अनुसन्धानका लागि अहिलेसम्म कुनै व्यवस्था नभएकोमा यहाँ सो केन्द्र स्थापना भए कृषि अनुसन्धान पनि गरिने छ । केन्द्र सञ्चालनमा स्थानीय स्तरमा रोजगारी सिवर्ना हुने छ । किसानको दैनिकीसँग जोडिएको यो केन्द्र चाँडो स्थापनामा सबैको सहकार्य हुनुपर्छ । उसोे त यस अघि पनि यस्ता निति र कार्यक्रम भने नआएका होइनन् तर कार्यान्वयनमा सरोकारवालाहरुको ध्यान केन्द्रित नहुदा प्रभावकारी हुन सकेका छैनन् । यसतर्फ भने सबैको ध्यान जान जरुरी रहेको छ ।