२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भत्ता लिने पोसाक नलगाउने



अ+ अ-

काठमाडौं । केन्द्रीय सचिवालय सिंहदरबारमा नै कतिपय निजामती कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक लगाउँदैनन् । सरकारले कर्मचारीलाई पोसाक भत्ता वार्षिक १० हजार रुपियाँ प्रदान गर्दै आए पनि कतिपय कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा काम गर्ने गरेको पाइएको छ ।

कोरोनाको बहाना बनाएर कर्मचारी पोसाक नलगाई कार्यालयमा आउने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अधिकांश कर्मचारीले कोरोनाको बहानामा देशकै केन्द्रीय प्रशासन कार्यालय सिंहदरबारमा नै तोकिएको पोसाक नलगाई कार्यालय आउने गरेको बताए ।

उनले कर्मचारीले पोसाक भत्ता लिएपछि सबै कर्मचारीले अनिवार्य पोसाक लगाउनुपर्छ, कोरोना र पोसाकको कुनै सम्बन्ध छैन, कोरोनाको बहानामा तोकिएको पोसाक नलगाई कर्मचारी कार्यालयमा प्रवेश गर्न पाइँदैन भने । सिंहदरबार भित्रका कार्यालय मात्र नभई अधिकांश कार्यालयमा कार्यरत निजामती कर्मचारीले तोकिएको पोसाक नलगाई काम गर्ने गरेको उनी बताउँछन् । पहिला प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीले पोसाक लगाएका छन् कि छैनन् भन्ने छड्के गर्ने गरिन्थ्यो, अहिले त्यो पनि कोरोनाकै बहानामा अनुगमन गर्ने गरिएको छैन ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ सचिवको रूपमा एकनारायण अर्याल आइसकेपछि मन्त्रालयभित्र कार्यरत कर्मचारीलाई पोसाक अनिवार्य गर्न निर्देशन गरिएको छ । मन्त्रालयमा कार्यरत कर्मचारी मात्र नभई मन्त्रालयमा विभिन्न कामका लागि आउने कर्मचारीलाई समेत पोसाक अनिवार्य लगाउन निर्देशन दिइएको छ ।

अधिकारीले सचिवको कार्यकक्षमा जाँदा कुनै पनि कर्मचारीले पोसाक नलगाई जान पाइँदैन, मन्त्रालयका सबै महाशाखा प्रमुख र शाखा प्रमुखले पोसाक नलगाई सचिवको कार्यकक्षमा प्रवेश गरे उनीहरूको कुरा सचिवले सुनुवाइ गर्नुहुन्न भने । सरकारले २०६७ साल चैतदेखि पुरुष कर्मचारीलाई सेतो सर्ट, निलो पाइन्ट र महिला कर्मचारीलाई आकाशे रङको साडी, प्याजी रङको ब्लाउज पोसाक तोकेको थियो । महिलाले सर्ट, पाइन्ट लगाउन पाउने व्यवस्था छ ।

निजामती कर्मचारीको आधिकारिक टेड युनियनले कार्यालय समयमा पोसाक नलगाई आउने कर्मचारीलाई कारबाही गरे त्यसको स्वागत गर्ने जनाएको छ । आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले कर्मचारीले पोसाक भत्ता लिएपछि अनिवार्य पोसाक लगाउनुपर्ने बताए ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ,