
काठमाडौँ । राष्ट्रिय सभामा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेश भएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेश भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेश गर्नुभयो ।