२९ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कृषिमा क्रान्ति आवश्यक: कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा क्रान्ति गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक उथलपुथल र परिवर्तन धेरै भएपनि कृषिमा क्रान्ति गर्न नसकिएको भन्दै सरकारले अहिले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले कृषि विकासमा कमजोर महशुस गरिरहेको बताउनु भयो । उहाँले किसानहरुले कृषि उत्पादन सामग्री समयमा पाउन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कृषि शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन आवश्यक रहेको बताउनु भयो ।

कृषिलाई व्यवसायिकरण गर्न र किसानको कृषि पेशालाई मर्यादित बनाउन धेरै कामहरु गर्न बाँकी रहेको बताउनु भयो । मन्त्री अधिकारीले कृषि उत्पादनलाई उद्योगसँग जोड्न थप प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्न र अनुकुलित कृषि खोतीका लागि नविनतम प्रविधिको विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कृषि क्षेत्रमा रहेको लगानीको अपर्याप्ततालाई पूरा गर्न कृषि क्षेत्रमा निजी क्षेत्रको लगानीलाई समेत प्रोत्साहन गर्नेगरी व्यवसायीकरण र औद्योगिकरणको आधारशिलाको रुपमा तयार गर्न कृषिमा लगानी दशक घोषणा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईं हामीले देखेको र भोगेको धेरै राजनीतिक उथलपुथल र परिवर्तन भयो । अझै हामीले कृषिमा क्रान्ति गर्न सकेका छैनौँ । ठूलो परिवर्तन हामीले ल्याउन सकेका छैनौँ । कृषि विकासमा हामी कमजोर महशुस गरिरहेका छौँ । किसानहरुले कृषि उत्पादन सामग्री समयमा पाउन सकेका छैनन् । उन्नत प्रविधि किसानको खेतबारीमा पुर्‍याउन सकिएको छैन । कृषि शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन हामीले सकिरहेका छैनौँ । कृषिलाई व्यवसायिकरण गर्न र किसानको कृषि पेशालाई मर्यादित बनाउन धेरै कामहरु हामीले गर्न बाँकी छ ।’

मन्त्री अधिकारीले तल्लो तहको किसानसँग कसरी पुग्ने भन्नेबारेमा आफूहरु गम्भीर रहेको बताउनु भयो । कृषि क्षेत्रका समस्या समाधान गर्न कृषि खाद्य प्रणालीको रुपान्तरण गर्न यथेष्ठ काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।