काठमाडौं । सबैजना फिट, सुन्दर हुन चाहन्छन् तर बयाम गर्न अल्छी लाग्छ । धेरै कम व्यक्ति विहान उठेर वयाम गर्ने गर्छन् । फिट रहनका लागि डाइटिङको नाममा भोकै बस्न पनि पछि हट्दैनन् । तर भोकै नबसेर बयाम नगरेर पनि तपाई फिट रहन सक्नुहुन्छ । फिट हुनुको साथै यी तरिका अप्नाएर सुन्दर पनि हुनसक्नु हुन्छ । सहज र सरल आठ उपायहरु यस्ता रहेका छन् :
१। प्रशस्त मात्रामा पानी पिउने ।
२। खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।
३। कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।
४। स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।
५। ताजा जुसको सेवन गर्नुपर्छ ।
६। खानामा सलादको मात्रा बढी सेवन गर्नु ।
७। चिनी तथा गुलिया चकलेट नखाने ।
८। मासु र तारेका खानाको सेवन कम गर्नु उपयुक्त हुन्छ ।