काठमाडौँ । हिमालयन बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको आइतबार अपरान्ह बसेको बैठकले आव २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव बिपिन हाडाले बताउनु भएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भए पछि लाभांश वितरण गरिने कम्पनी सचिव हाडाले बताउनु भयो ।