१ चैत्र २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारत भ्रमणबारे आरजुको ब्रिफिङ– राम्रो रेस्पोन्स पाएँ



file photo
अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले भारत भ्रमणबारे पार्टीको बैठकमा ब्रिफिङ गरेकी छन्।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले भारत भ्रमणबारे जानकारी गराएकी हुन्।

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् । साथै उनले प्रधानमन्त्री मोदीले नेपाल सरकारसँग सहयोग गर्न प्रतिबद्धता जनाएको पनि बताईन् ।

उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारले सरकारप्रति भारतको राम्रो रेस्पोन्स पाएको बताइन्। उनले भनिन्, ‘दुई ठुल ठुला पार्टी मिलेर बनेको सरकारप्रति कस्तो रिस्पोन्स रहन्छ भन्ने थियो । भेटका क्रममा निकै राम्रो रिस्पोन्स रहेको पाएँ । विकासमा सहयोग गर्छु भन्नु भएको छ ।’

पाँच दिने भारतको औपचारिक भ्रमण सकेर राणा हिजो फर्किएकी हुन्। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवाता गरेकी थिइन्।