काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी ६९ करोड ३३ लाख ७१ हजार २ सय ५० रुपियाँ रहेको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव तुलसीप्रसाद वस्तीले जानकारी दिनुभयो।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पनि वितरण गरिने कम्पनी सचिव वस्तीले बताउनु भएको छ ।