काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २ लाख २९ हजार ४ सय २५ रुपियाँ ६६ पैसा छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७६/७७ सम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १।३१ प्रतिशत नगद लाभांश९बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि० प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले बताउनुभएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव भट्टराईले बताउनुभयो ।