१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पशुपति कोटिहोममा महिला भलिबल टिमलाई सम्मान – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई पशुपति कोटिहोममा सम्मान गरिएको छ ।

सोमबार पशुपति क्षेत्रमा जारी कोटिहोममा टोलीलाई सम्मान गरिएको हो ।  मानव सेवा फाउण्डेसनले प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई नगदसहित सम्मान तथा अभिनन्दन गरेको हो ।

खेलाडीहरुलाई नगद रु ५ लाख ५१ हजार सहित खेलाडीलाई सम्मान तथा अभिनन्दन गरिएको महायज्ञका संकल्पकर्ता तथा फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर विजय कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन ।

फाउण्डेसनले नेपाली टिमकी क्याप्टेन अरुणा शाहीसहित खेलाडीहरु निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ ।

त्यस्तै, व्यवस्थापक निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवलाई पनि सम्मान गरेको छ । गत बुधबार भएको काभा महिला नेसन्स भलिबल प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।