१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट ८१ लाख सङ्कलन



अ+ अ-

जलेश्वर । विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट अहिलेसम्म रु ८१ लाख सङ्कलन भएको छ ।

महायज्ञ मूला आयोजक समितिका अध्यक्ष हीरा गौतमले सडक मानवको उद्धार तथा व्यवस्थापनका लागि बर्दिवासमा निर्माण गरिने ‘हाम्रो माया घर’ निर्माणको लागि गरिएको महायज्ञको आज सातौँ दिनसम्म रु ८१ लाख दुई हजार २३ नगद दान प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँकानुसार महायज्ञमा अहिलेसम्म छ सय ५३ जनाले दान गरेकामा एक जनाले भने रु एक लाख दुई हजार गोप्य दान गरेका छन् । साउन २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञबाट आयोजक समितिले हाम्रो माया घर निर्माणका लागि रु डेढ करोड सङ्कलन गर्ने लक्ष्य लिएको छ । जुन लक्ष्य महायज्ञ समापनसम्म पुग्ने विश्वास रहेको संयोजक गौतमले बताउनुभयो ।

यसैबीच हाम्रो माया घर निर्माणका लागि महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ११ हजार इँटा सहयोग गर्नुभएको छ भने बर्दिवास नगरपालिका– १४ बस्ने चन्देश्वर साहले एक सय पाँच बोरा सिमेन्ट सहयोग गर्नुभएको छ । रासस