१० फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमएडब्लु वृद्धी कमर्सियल भेहिकलद्वारा बर्दिवासमा नयाँ शोरुम संचालन



अ+ अ-

जनकपुर ।नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रा.लि.ले बर्दिवासमा आफ्नो ब्राण्ड-न्यू शोरुमको भव्य उद्घाटन गरेको छ।

होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम यहि साउन २५ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो।

शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन्। फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ। आफ्नो व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध छन्।

डेडीकेटेड बिक्री टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथमा ग्राहकहरूले आफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्नेछन् र आफ्नो व्यवसायलाई माथि उठाउनको लागि उत्तम गाडी फेला पार्न सक्नेछन्। नयाँ शोरुम एमएडब्लू वृद्धिको लागि एउटा महत्वपूर्ण कदमको सङ्केत हो। यसले ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई बलियो बनाई कम्पनीको उपस्थितिलाई नेपालभर विस्तार गर्दछ।

बर्दिबास र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारी साधनहरू अनुभव गर्न, वित्तिय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन्।