१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अमेरिकी दूतावासद्वारा आयोजित ‘जलवायुमा आदिवासी महिला नेतृत्वकर्ताहरू’ छलफल कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले जलवायु संकटको समाधान खोज्नमा आदिवासी समुदाय र महिलाहरूले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने कुरालाई मान्यता दिँदै ‘जलवायुमा आदिवासी महिला नेतृत्वकर्ताहरू’ नामक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

बुधबार दूतावासमा आयोजित कार्यक्रमले आदिवासीहरूको नेतृत्वमा अनुसन्धान र शिक्षाको प्रवर्द्धन गर्न आफ्नो विशेषज्ञता र अनुभवहरू साट्न विभिन्न संस्थाका महिला नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याएको दूतावासले जनाएको छ ।

जलवायु परिवर्तनले जोखिममा रहेका समुदायहरूलाई झनै कसरी असर गर्छ र यसले गर्दा बसाइँसराइ र रित्ता गाँउ–शहरहरूको सम्भावना कसरी बढ्छ भन्ने विषयमा सो छलफल केन्द्रित रहेको थियो ।

यी परिवर्तनहरूलाई अनुकूलन गर्न र सांस्कृतिक सम्पदाको संरक्षण गर्न अन्तरपुस्ताको ज्ञानले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भनेर पनि छलफल भएको दूतावासले जनाएको छ ।

यस्ता महत्त्वपूर्ण र समयसापेक्ष छलफलहरूलाई समर्थन गर्न नेपाली महिला नेतृत्वमा रहेका आदिवासी संस्थाहरूसँग साझेदारी गर्न पाउँदा अमेरिका गर्व गर्ने पनि दूतावासको भनाई छ ।