३ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नयाँ सरकार बनेयता मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखियो: काँग्रेस प्रवक्ता महत



अ+ अ-
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रवक्ता महतले खुलुको मौदिक नीति र काँग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको तर्क समेत गर्नुभयो ।
उहाँले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराउनु भयो । प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औंल्याउँदै सर्वसाधरणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेस र एमालेको जुन संयुक्त सरकार बनेको छ । त्यसले पनि आम जनमानसमा एउटा विश्वास र भरोसा बढेको कारणले पनि आर्थिक गतिविधि आउने दिनमा बढ्छ भन्ने कुरामा म विश्वस्त छु । तर त्यो भनेर हामीलाई निष्क्रिय हुने छुट छैन । हामी अत्यन्त क्रियाशिलताका साथ काम गर्न जरुरी छ भन्ने मलाई लाग्छ । जहाँसम्म मौद्रिक नीतिको सवाल छ । नयाँ मौद्रिक नीति आउँदै गर्दा सेयर मार्केटमा नयाँ गति देखिएको छ । तर यो शेयर मार्केटमा जसरी बुल स्ट्रेन्थ देखिएको छ । त्यसलाई हामीले सहज रुपमा लिनसक्ने अवस्था छैन । त्यहाँ केही चलखेल गर्नेहरुका म्यानुपुलेशन गर्ने सम्भावना देखिएको छ ।’
प्रवक्ता महतले सर्वसाधारणको लगानी सेयर बजारमा डुब्नसक्ने खतरा रहेको औंल्याउँदै त्यसो हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।