३ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मुख्यमन्त्री शाहको शपथ: कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम



अ+ अ-

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम सरकारमा मन्त्री बन्ने आफ्नो सांसदहरुको नाम टुंगो लगाएको छ । दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रुप दिने एक नेताले बताए ।

प्रदेश महामन्त्री मेघराज खड्काका साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी भएको ती नेताले बताए । यस्तै, दुई राज्यमन्त्रीमा गीता चौधरी र ललिता सुनुवारको सम्भावना रहेको उनले बताए ।

सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र एमालेले तीन मन्त्रालय पाएको थियो । तर, नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई पनि सरकारमा समेट्न कांग्रेसले एक मन्त्रालय दिने बताईएको छ ।

एमालेले भने पुरानै मन्त्रीहरु दोहोर्याउने बताइएको छ । सुरेन्द्र पाल, वीरबहादुर थापा, सन्तोष कुमारी शर्मालाई दोहोर्‍याउने बताइएको छ । एमालेले २ बजे संसदीय दलको बैठक बोलाएको छ ।

दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिएको ।