२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अस्पतालबाट डिस्चार्ज हुँदै क्याप्टेन मनिष शाक्य



अ+ अ-

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाईलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज हुँदैछन् ।

काठमाडौँ मेडिकल कलेज केएमसी) मा उपचाररत क्याप्टेन शाक्यलार्इ आजै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालका प्रमुख डा. सुनील शर्माले बताए ।

प्रमुख शर्माले अस्पतालका चिकित्सकहरूको दक्षता र मिहिनेतले शाक्यलाई जोगाउन सकिएको बताए । उनले भने, ‘यो एयरपोर्टबाट नजिकै रहेको अस्पताल हो । कुनै भवितव्य पर्यो भने यहीँ ल्याइन्छ । यो अस्पताल प्राविधिकरुपमा कति सक्षम छ भन्ने पनि आमजनतालाई बुझाउन सक्षम भयौं ।’

यस्तै, अस्पतालकी निर्देशक डा. मीना थापाले उनको डिस्चार्ज हुनलागेपनि उपचार जारी रहने बताईन् । ‘उपचार त उहाँको जारी रहन्छ । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ,’उनले भनिन् ।