२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दा वार्षिक अरबौं रुपैयाँ बराबरको कोईला आयात बन्द हुने



अ+ अ-

काठमाण्डौ । गेग्रिन र बलौटे माटोमा सिमेन्ट मिसाएर बनाइने वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ देशैभरि उत्पादन गर्ने हो भने अरबौं रुपैयाँ बराबरको दशौं लाख टन बराबरको कोईला आवश्यक नपर्ने यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।

अहिले परम्परागतशैलीमा इँटा भट्टामा काँचो इँटा पोल्नको लागि वार्षिक १० लाख टन कोइला भारतबाट आयात गर्न परिरहेको पनि उनीहरुले बताएका छन् ।

विगत तीन वर्षदेखि ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दै आएको इको केयर प्रालिले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रालिका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विनोद श्रेष्ठले परम्परागत प्रविधिबाट बनाइएको इँटा भन्दा वातावरणमैत्री इँटा (मेशीनले थिचेर बनाइएको काँचो इँटा) ‘ग्रीन ब्रिक्स’ बनाउन कम लागत लाग्ने र सस्तो पर्ने बताए ।

चाइनिज आकार प्रकारको सो इँटाको प्रयोग गर्दा सिमेन्ट कम लाग्ने र गारो लगाएपछि सिधै जस्तोसुकै रंग लगाउन सकिने र विदेशमा जस्तै यो इँटा सयौं वर्ष टिक्ने पनि कम्पनीले दावी गरेको छ ।
कम लागतमा सानो क्षेत्रफलको जग्गामा पनि वर्षको ३६५ दिननै इँटा बनाउन सकिने र श्रमिक पनि कम लाग्ने संस्थापक अध्यक्ष श्रेष्ठले बताए ।

‘ग्रीन ब्रिक्स’ कारखाना स्थापना गरि उत्पादन र विक्रीको लागि आफुहरु प्राविधिक सहयोग र सल्लाह दिन हरदम तयार रहेको बताउँदै संस्थापक अध्यक्ष श्रेष्ठले पुराना इँटा भटटलाई प्रतिष्थापन गरि देशभरी नै यस्तो इँटा उद्योग बनाउन सकिने बताए ।

परम्परागत इँटा सरहनै वलियो हुने दावी गरिएको सो इँटाको आकार र तौल नेपाल सरकारले तोकेको मापदण्ड सरह नै रहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।

इको केयर प्रालिबाट उत्पादित ‘ग्रीन ब्रिक्स’ का सद्भावनादूत एवम वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘ए रातामकै’ ले दिनँहू राजधानी लगायतका ठाउँ विभिन्न कारणबाट प्रदुषित भईरहेको उल्लेख गर्दै प्रदुषण कम हुनेगरि उत्पादित वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ प्रयोग गरि आफ्नो घर र आवास बनाउन सर्वसाधारण उपभोक्तासंग आग्रह गरे ।

पत्रकार सम्मेलनमा इको केयर प्रालिकी प्रवन्ध निर्देशक ज्योति दवाडी र संस्थापक निर्देशक स्वस्ती सुवेदीले पनि ‘ग्रीन ब्रिक्स’ का विविध आयामबारे प्रकाश पारेका थिए ।

काभ्रेको पनौतिमा रहेको सो कम्पनीले हाल आफैंले ग्रीन ब्रिक्स उत्पादन तथा विक्री पनि आफैंले गर्दै आएको जनाएको छ ।